back

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

वि.सं.२०८२ कात्तिक २५ मंगलवार

2.4K 

shares

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले विद्यार्थी संगठनबीचको एकतालाई संस्थागत र व्यवस्थित बनाउने उद्देश्यसहित कार्यदल गठन गरेको छ।

अध्यक्ष विजयप्रकाश शर्माको अध्यक्षतामा बसेको केन्द्रीय कार्यलय बैठकले एकताको प्रक्रिया अघि बढाउन दुईवटा कार्यदल बनाएको हो। बैठकले एकता समन्वयका लागि उमेश कडेल, मदन ढकाल, दीपा जैसी र कृष्ण सुनार सम्मिलित कार्यदल गठन गरेको छ।

त्यस्तै संगठनात्मक पक्ष सुदृढ गर्न अटल आचार्य, विराज थापा, ममता अधिकारी र अभिमन्यू यादव सम्मिलित अर्को कार्यदल पनि बनाइएको छ।

बैठकले आगामी कार्यक्रमहरू तय गर्दै कात्तिक २९ गते पेरिसडाँडामा पदाधिकारी बैठक र कात्तिक ३० गते आरआर क्याम्पसमा उपत्यकास्तरीय भेला गर्ने निर्णय गरेको छ।

सोमबार सम्पन्न बैठकमा तत्कालीन पार्टी उपमहासचिव शक्तिबहादुर बस्नेत, फ्र्याक्सन इन्चार्ज हिमाल शर्मा र सहइन्चार्ज पञ्चा सिंहको उपस्थिति रहेको थियो।

अखिल (क्रान्तिकारी)ले यो पहललाई वाम छात्र संगठनबीचको साझा मोर्चा निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।

 

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १४:४३ मा प्रकाशित

Himalayan Life AD
आज देशभर मौसम सफा रहने

आज देशभर मौसम सफा रहने

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको...

आज बिहीवार : तपाईंको राशिफल कस्तो छ ?

आज बिहीवार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...