back
CTIZAN AD

खरेल र न्यौपानेद्धारा पार्टी परित्याग, क्रान्तिकारीहरुको एकतामा जोड

वि.सं.२०८२ कात्तिक १४ शुक्रवार

4.4K 

shares

काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य नन्दलाल खरेल र स्कुलिङ विभागका सचिव भगिरथ न्यौपानेले पार्टी सदस्यतासहित पद परित्याग गरेको जनाएका छन् । पार्टी परित्याग गरेका खरेल र न्यौपानेद्धारा क्रान्तिकारीहरुको एकतामा जोड दिइएको छ ।

संयुक्त विज्ञप्तिमार्फत पद त्याग गरेको बताएका खरेल र न्यौपानेले पार्टीले जडसूत्रवादलाई अँगालेको, क्रान्तिको कुरा मात्रै गर्ने तर त्यसको कार्यान्वयन नगर्ने, र पार्टीलाई गफै गफको अखडा बनाएको आरोप लगाएका छन् । उनीहरूले वैचारिक स्पष्टता र क्रान्तिकारी दिशाको अभावले संगठन निष्प्रभावी बनेको टिप्पणी समेत गरेका छन् । उनीहरूसँगै अन्य दर्जनौँ नेता तथा कार्यकर्ताले पनि सो पार्टी छोडेको विद्रोही स्रोतले जनाएको छ ।

पार्टी नेतृत्वले देशको आर्थिक, राजनीतिक र वैचारिक संकटप्रति संवेदनशील भूमिका खेल्न नसकेको भन्दै उनीहरुले वक्तव्यमा भनेका छन् ‘मुलुक अहिले गम्भीर संकटमा छ, साम्राज्यवाद र प्रतिक्रियावादी शक्तिको हस्तक्षेप बढ्दै गएको छ, तर हाम्रो पार्टी त्यसविरुद्ध ठोस कार्यक्रम ल्याउन असफल रह्यो ।’

पार्टीभित्र आन्तरिक छलफल, वैचारिक सुदृढता र अनुशासनको कमीले क्रान्तिकारी दिशा हराएको आरोप लगाएका छन् । उनीहरुका अनुसार, ‘क्रान्तिको कुरा गरेर जनतालाई आशा दिलाउने तर व्यवहारमा निष्क्रिय रहने प्रवृत्तिले आत्ममन्थन गर्न बाध्य बनायो ।’
हालको राजनीतिक परिस्थितिमा देशभक्त, जनपक्षीय र क्रान्तिकारी शक्तिहरूबीच एकता आवश्यक रहेको उनीहरुले बताएका छन । ‘साम्राज्यवाद र प्रतिक्रियावादविरुद्धको संघर्ष अहिलेको प्रमुख कार्यभार हो, त्यसका लागि सबै क्रान्तिकारी शक्ति साझा मोर्चामा उभिनुपर्छ ।’ उनीहरूको जोड रहेको छ ।

खरेल र न्यौपानेले आगामी दिनमा देशभक्त र जनमुखी शक्तिहरूसँग मिलेर नयाँ वैचारिक अभियान अघि बढाउने संकेत दिएका छन् । उनीहरूले सैद्धान्तिक स्पष्टता, वैचारिक शुद्धता र क्रान्तिकारी एकताको नारा अघि सारेका छन् ।

वि.सं.२०८२ कात्तिक १४ शुक्रवार २०:११ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...