back
CTIZAN AD

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

वि.सं.२०८२ कात्तिक २६ बुधवार

501 

shares

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञमा अहिलेसम्म रु दुई करोड ६६ लाख सङ्कलन भएको छ । कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणमा महायज्ञ सञ्चालन भइरहेको छ ।

महायज्ञमा मङ्गलबार मात्रै रु एक करोड एक लाख सङ्कलन भएको कोषाध्यक्ष सरिता गौतमले जानकारी दिनुभयो । महायज्ञमा सोमबार रु ५५ लाख ५४ हजार रकम सङ्कलन भएको थियो । यस्तै आइतबार रु ३८ लाख सङ्कलन भएको थियो ।

महायज्ञमा मङ्गलबार अमेरिकास्थित बागलुङ समाज भर्जिनिया परिवारद्वारा मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सम्पन्नताका निम्ति रु पाँच लाख, बागलुङ नगरपालिका–२, आवारोड निवासी परोपकारी मनको धनी आदरणीय उमा शान्ति श्रेष्ठ र कृष्णकुमार श्रेष्ठलगायतको परिवारबाट रु पाँच लाख सङ्कलन भएको थियो । महायज्ञमा दानदाताको भीड नै लागेको छ ।

महायज्ञमा रु पाँच हजारदेखि पाँच लाखसम्म रकम सङ्कलन भइरहेको छ । महायज्ञमा रु १० करोड सङ्कलन गर्ने लक्ष्य रहेको छ । मानवीय सेवा सरिक हुँदै मनकारी दाताहरूले गच्छेअनुसारको दान गरिरहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।

सडक आश्रित, असहाय, अपाङ्ग, मानसिक रोगी तथा घरबारविहीन सडक मानवको पुनःस्थापनाका लागि निर्माणाधीन आश्रम बागलुङको भवनमा सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको यस महायज्ञमा दाताको उल्लेखनीय सहभागिता रहँदै आएको छ ।

देश–विदेशमा रहेका बागलुङवासी, सङ्घ–संस्था तथा सहयोगी व्यक्तिले नगद, क्युआर कोड र अन्य माध्यममार्फत सहयोग प्रदान गरिरहेका छन् । महायज्ञ यही कात्तिक २८ गतेसम्म चल्नेछ ।

वि.सं.२०८२ कात्तिक २६ बुधवार १७:०१ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...