back

विप्लवको पार्टी फुट्यो, मिलन सीको नेतृत्वमा केन्द्रीय समिति गठन

वि.सं.२०८२ कात्तिक १४ शुक्रवार

8.3K 

shares

काठमाडौं । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको छ । महासचिव विप्लवले क्रान्तिकारी कम्युनिष्ट पार्टीसँगको एकतामा भन्दा जेन्जी आन्दोलनबाट बिस्थापित सत्तारुढ दल एमालेसँग निकटता देखाएपछि आफूहरुको राष्ट्रिय भेलाले पार्टी पुनर्गठन गरेको नवनिर्वाचित महासचिव मिलन सीले जनाए ।

काठमाडौंमा आज सम्पन्न राष्ट्रिय भेलाले मिलन सीलाई सर्वसम्मत महासचिव चयन गरेको छ । संसदीय राजनीतिमा आउन १२ वर्ष लगाएको र क्रान्तिकारी कम्युनिष्ट पार्टी भन्दा पनि नेकपा एमालेलगायतका पार्टीसँग नेतृत्वले निकटता देखाएका कारण आफूहरुले राष्ट्रिय भेला गरेर पार्टी पुनर्गठन गरेको केन्द्रीय सदस्य शरद सीले जानकारी दिएका छन् ।

पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको म्याण्डेटविपरित नेतृत्व अगाडि बढेपछि आफूहरुले राष्ट्रिय भेला आयोजना गरेको शरदले बताए । उनकाअनुसार भोलि काठमाडौंमा पत्रकार सम्मेलन गरेर थप जानकारी सार्वजनिक गर्ने तयारी छ । आफूहरुसँग पार्टीका बहुमत केन्द्रीय सदस्यको साथ रहेको उनको दावी छ ।

वि.सं.२०८२ कात्तिक १४ शुक्रवार १६:५३ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज सुदूरपश्चिम...

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

काठमाडौँ । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा...

एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन

एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन

काठमाडाैँ । एन आई सी एशिया बैंकको प्रमुख सूचना अधिकारीमा...

चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक,...

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा रु...