back
CTIZAN AD

आज बिहीवार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ कात्तिक २७ बिहीवार

876 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन आत्मबल र उमङ्गले भरिएको रहनेछ। विगतका कठिनाइ र निराशाबाट बिस्तारै मुक्ति मिल्ने सम्भावना छ। काममा ढिलाइ भए पनि अन्ततः राम्रो नतिजा प्राप्त हुनेछ। मान–सम्मान बढ्नेछ र आफन्त वा साथीबाट सहयोग पाइन सक्छ। पारिवारिक सल्लाहलाई प्राथमिकता दिनुहोस्, त्यसले तपाईँलाई सही दिशामा पुर्‍याउनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक र पारिवारिक दुवै क्षेत्रमा सुधार आउने दिन हो। लामो समयदेखि अड्किएको धन फिर्ता आउन सक्छ। कार्यक्षेत्रमा तपाईँको योजना सफलतापूर्वक अघि बढ्नेछ। घरपरिवारमा केही रमाइलो जमघटको सम्भावना छ। तर खर्चमा नियन्त्रण राख्नु जरुरी हुनेछ। स्वास्थ्य सामान्य रहन्छ तर खानपानमा सावधानी अपनाउनुहोस्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिन सृजनात्मक सोच र योजना कार्यान्वयनका लागि उपयुक्त छ। अध्ययन, अनुसन्धान वा कलात्मक क्षेत्रमा संलग्नहरूका लागि राम्रो उपलब्धि मिल्ने सम्भावना छ। आफन्तसँग सानो तिक्तता हुन सक्छ, तर सहमति र संवादले समस्या समाधान हुनेछ। प्रेममा आपसी विश्वास बढ्नेछ र भावनात्मक सन्तुलन कायम हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मन केही अस्थिर भए पनि परिणाम सकारात्मक रहनेछन्। घर–परिवारका जिम्मेवारी बढ्नेछन् तर त्यसको फल सन्तोषजनक हुनेछ। नजिकका मान्छेबाट भावनात्मक सहयोग पाइनेछ। आर्थिक पक्ष सामान्य रहे पनि नयाँ स्रोत खुल्ने सम्भावना छ। ध्यान र धैर्यले दिनलाई सहज बनाउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज कार्यक्षेत्रमा तपाईँको क्षमता सबैले स्वीकार्नेछन्। नसोचेको अवसर आउन सक्छ र त्यसले भविष्यमा लाभ दिलाउनेछ। व्यापारमा राम्रो आम्दानीको सम्भावना छ। नयाँ सम्पर्क र सम्बन्धले जीवनमा ताजगी ल्याउनेछ। यात्रामा सफलता मिल्नेछ। स्वास्थ्य र उत्साह दुवै राम्रो रहनेछन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दैनिक कार्यमा उत्साह रहनेछ र साना प्रयासले पनि राम्रो परिणाम दिनेछन्। नयाँ योजना सुरु गर्न समय अनुकूल छ। पुरानो विवाद वा मतभेद समाधान हुने सम्भावना छ। दाम्पत्य सम्बन्धमा आत्मीयता बढ्नेछ। अध्ययनमा मन लाग्नेछ र नयाँ ज्ञान प्राप्त हुनेछ। आर्थिक पक्ष सुदृढ बन्दै जानेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मन प्रसन्न रहनेछ र आत्मविश्वास बढ्नेछ। अरूले दिएका अवसरहरूलाई सदुपयोग गर्न सकिनेछ। व्यापार, पढाइ वा रोजगारीमा नयाँ मार्ग खुल्ने सम्भावना छ। आफन्त वा साथीको सहयोगले नयाँ कार्य सुरु गर्न सजिलो हुनेछ। साँझतिर नयाँ योजना र सन्देशले हर्ष थप्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय राम्रो छ तर काममा ढिलासुस्ती हुन सक्छ। मनमा केही अस्थिरता भए पनि अन्त्यमा नतिजा तपाईँकै पक्षमा रहनेछ। पैसाको हेरचाहमा सावधानी अपनाउनुहोस्। स्वास्थ्यमा सुधार आउनेछ। प्रियजनसँगको भेट वा फोनले मन रमाउनेछ। रचनात्मक सोचले नयाँ बाटो देखाउनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज यात्राको सम्भावना छ र त्यसबाट लाभ पनि मिल्नेछ। धार्मिक वा सामाजिक कार्यमा रुचि बढ्नेछ। पुरानो योजना कार्यान्वयनमा आउनेछ। परिवारको सहयोगले मनोबल बढ्नेछ। आर्थिक क्षेत्रमा पनि सुधार आउने संकेत छन्। प्रेम जीवनमा नयाँ मोड आउन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्यस्थलमा तपाईँको विचारको कदर हुनेछ। नयाँ अवसर आउन सक्छ जसले तपाईँको भविष्य बदल्न सक्छ। वैदेशिक सम्पर्क वा व्यवसायिक विस्तारका लागि अनुकूल समय हो। पारिवारिक वातावरण सुखद रहनेछ। स्वास्थ्य राम्रो छ, तर अत्यधिक कामले थकान दिन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन श्रमले भरिएको भए पनि परिणाम सन्तोषजनक रहनेछ। साथी वा सहकर्मीको सल्लाह उपयोगी बन्न सक्छ। नयाँ योजना र लगानीका लागि राम्रो समय हो। प्रेममा आत्मीयता बढ्नेछ। साँझपख आनन्ददायी समाचार सुन्न सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मनमा नयाँ उमङ्ग जाग्नेछ। अध्ययन र लेखनमा विशेष प्रगति हुनेछ। घरपरिवारमा खुसीमय माहोल रहनेछ। आर्थिक पक्ष बलियो बन्नेछ। पुराना मित्र वा आफन्तसँग पुनः सम्पर्क हुनेछ जसले भावनात्मक सन्तुलन ल्याउनेछ। स्वास्थ्य सामान्य रहन्छ।

२०७९ कार्तिक २७ गते, बिहीवार
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

 

वि.सं.२०८२ कात्तिक २७ बिहीवार ०७:०६ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...