काठमाडौँ । आज साताको चौथ्यो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार अंकले घटेर २५४४.५९ बिन्दु कायम भएको हो ।
आज विभिन्न कम्पनीको ८४ लाख ४ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८४ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबार १३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी उपसमूहहरुको गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ ।
यस दिन ४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकार एण्ड टुरिजमको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य यस दिन सर्वाधिक ८.७२ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४० करोड ३४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:३९ मा प्रकाशित






























