back
CTIZAN AD

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

वि.सं.२०८२ मंसिर ३ बुधवार

291 

shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा रु तीन अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ राजस्व सङ्कलन गरेको छ । सोही अवधिमा गत आवमा रु तीन अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ सङ्कलन भएको थियो ।

गत वर्ष रु १२ अर्ब ९० करोड ६३ लाख २५ हजार लक्ष्य निर्धारण गरिएको जनाउँदै कामपा राजस्व विभागका प्रमुख दीपक अधिकारीले चालु आवका लागि रु १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार लक्ष्य राखिएको बताए ।

चालु आवको हालसम्म आन्तरिक करतर्फ रु एक अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७०० सङ्कलन भएको छ । गत आवको यस अवधिमा रु एक अर्ब ९९ लाख दुई लाख ६७ हजार ६९५ राजस्व सङ्कलन भएको थियो ।

चालु आवमा आन्तरिक राजस्व घट्नुको कारण सम्पत्ति कर रहेको अधिकारीको भनाइ छ । उनका अनुसार गत आवको पहिलो चौमासिक अवधिमा रु ५० करोड ३१ लाख तीन हजार ७३८ सङ्कलन भएको सम्पत्ति कर चालु आवको सोही अवधिमा रु ४२ करोड ७६ लाख ५४ हजार २७६ सङ्कलन भएको छ ।

अधिकारीले भने, “गत वर्ष सम्पत्ति कर सम्बन्धित मालपोत कार्यालयले तोकेको दरमा लिने भन्ने निर्णय गरियो । यस विषयमा करदाताबाट गुनासो आएपछि २०८१ असोजमा बसेको कार्यपालिका बैठकले पुरानै दरमा सम्पत्ति कर लिने निर्णय गरेपछि समायोजन गर्दा यस वर्ष सम्पत्ति कर घटेको हो ।”

यस वर्ष वहाल कर असुली बढेको बताउँदै उनले गत वर्ष यस अवधिमा रु ९४ करोड ८५ लाख २८ हजार १५४ सङ्कलन भएकामा यस वर्ष रु एक अर्ब दुई करोड ९२ लाख ९७ हजार ५७० सङ्कलन भएको जानकारी दिए । गत वर्षको यस अवधिमा रु २२ करोड ८७ लाख आठ हजार ७०८ व्यवसाय कर सङ्कलन भएकामा चालु आवको हालसम्म रु २३ करोड ३२ लाख ३६ हजार १७० असुली भएको छ ।

वि.सं.२०८२ मंसिर ३ बुधवार १५:४५ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...