back
CTIZAN AD

आज बिहीवार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ मंसिर ४ बिहीवार

738 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईँको आत्मबल बलियो रहनेछ। विगतमा प्रयास गरिएका काम सफलतापूर्वक सम्पन्न हुने संकेत छ। पारिवारिक सहयोगले मन हलुका हुनेछ। आर्थिक लेनदेनमा सावधानी अपनाए राम्रो हुन्छ। यात्रामा जाँदा फाइदा मिल्ने सम्भावना छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज मानसिक रूपमा थोरै तनाव बढ्न सक्छ, तर धैर्यले काम गर्दा स्थिति सहज बन्छ। परिवारभित्र साना–मसिना कुरामा समय खर्चिनुपर्ला। नयाँ योजनाहरूलाई समय दिनु बुद्धिमानी हुनेछ। खर्च बढ्न सक्छ, तर दिगो प्रयोजनमा हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको वातावरण रमाइलो छ। आफन्त र साथीभाइसँग भेटघाटको अवसर मिल्नेछ। व्यापार तथा कामकाजमा अपेक्षित लाभ मिल्नेछ। प्रेम र सम्बन्धमा आत्मियता बढ्नेछ। दैनन्दिन काम सहज रूपमा अगाडि बढ्नेछन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यावसायिक तथा पारिवारिक दुवै क्षेत्रमा कामको चाप देखिन्छ। लगनशीलताले काम सम्पन्न हुनेछ। आर्थिक पक्षमा सुधार आउने छ। घर–परिवारमा मेलमिलाप र खुसीयाली आउने सम्भावना छ। स्वास्थ्य सामान्य रहनेछ तर थकान हुन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक मान–सम्मान बढ्ने समय हो। पछिल्लो मेहनतको राम्रो परिणाम मिल्नेछ। भेटघाट र छलफलमा सकारात्मकता देखिनेछ। आर्थिक रूपमा स्थिरता आउनेछ। परिवारका सदस्यबाट विशेष समर्थन मिल्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अहिले आफ्नो योजनाहरूलाई धैर्यपूर्वक अघि बढाउनु राम्रो हुन्छ। हतारमा निर्णय गर्दा समस्या आउन सक्छ। पारिवारिक सम्बन्धमा सुधार देखिन्छ। अध्ययन तथा बौद्धिक काममा ध्यान केन्द्रित हुनेछ। आर्थिक पक्ष मध्यम रहनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काम बन्नेछन् र नयाँ काम सुरु गर्ने अवसर पनि देखिन्छ। व्यापार व्यवसायमा लाभको संकेत छ। सामाजिक क्षेत्र वा पारिवारिक जमघटमा सहभागिता बढ्नेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक पक्ष बलियो बन्ने समय हो। बोलीको प्रभावले महत्वपूर्ण काम सफलतापूर्वक सम्पन्न हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। दाम्पत्य तथा पारिवारिक सम्बन्धमा निकटता र सद्भाव वृद्धि हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घर तथा परिवारसँग समय बित्नेछ। नयाँ योजनामा अघि बढ्ने उत्प्रेरणा मिल्नेछ। आर्थिक रूपमा सहजता आउनेछ। विगतका कमीकमजोरी सुधार गर्ने अवसर आउनेछ। यात्रामा जाँदा आनन्द प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
योजनाहरूलाई सावधानीका साथ अघि बढाउनुपर्छ। खर्च बढ्न सक्छ तर उपयोगी क्षेत्रमा हुनेछ। परिवारभित्र सहयोग र सद्भाव पाइनेछ। नयाँ सम्बन्ध वा नयाँ अवसरको संकेत छ। आफ्नो स्वाभिमान कायम राख्दै काम गर्दा सफलता मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक तथा व्यावसायिक पक्षमा राम्रो सुधार देखिन्छ। मिहिनेतको उत्कृष्ट फल पाइनेछ। नयाँ अवसर र प्रस्ताव आउन सक्छ। पारिवारिक तथा सामाजिक सम्बन्धमा सद्भाव बढ्नेछ। बौद्धिक तथा सृजनात्मक क्षमता उजागर हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समाजमा प्रतिष्ठा र मान–सम्मान प्राप्त हुने योग छ। पारिवारिक तथा सामाजिक जिम्मेवारी बढ्न सक्छ तर सफलतापूर्वक निभाउन सकिनेछ। आर्थिक सुधारको संकेत छ। प्रेम र सम्बन्धमा खुसीयाली बढ्नेछ।

२०८२ मङ्सिर ४ गते, बिहीवार
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

 

वि.सं.२०८२ मंसिर ४ बिहीवार ०७:१६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...