back
CTIZAN AD

आईएमई लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी वित्त रोकथाम सम्बन्धी तालिम सम्पन्न

वि.सं.२०८२ मंसिर ११ बिहीवार

339 

shares

आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीका सञ्चालक समिति अध्यक्ष, सदस्य, व्यवस्थापक र बिभागिय प्रमुखहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी तालिम प्रदान गरेको छ ।

उक्त तालिममा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी विद्यमान ऐन, नियम सो संग सम्बन्धीत रही नियमनकारी निकायबाट जारी भएका निर्देशनमा रहेका कानूनी व्यवस्थाका बारेमा तालिम दिईयो । सो क्रम्मा केहि सयम अघि मात्र नियमनकारी निकायबाट जारी भएको नयाँ सम्पत्ति शुद्धीकरण, आतकंकारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणमा रहेका कानूनी व्यवस्थाका बारेमा समेत जानकारि दिईएको थियो ।

तालिम कार्यक्रममा बोल्दै सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले सम्पत्ति शुद्धीकरण निवारणमा व्यवस्थापन, विभागिय प्रमुख तथा सम्पूर्ण कर्मचारीहरुको समान योगदान तथा जीम्मेवारी रहने भएको विषयमा जोड दिनुभयो । साथै सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानून पालनाले कम्पनीको आन्तरीक नियन्त्रण तथा सुशासन सवल बनाउन र ग्राहक तथा लगानीकर्ताको विश्वास बढाउन ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

तालिम कार्यक्रमको अन्त्यमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कम्पनीका व्यवस्थापक, विभागिय प्रमुख तथा सम्पूर्ण कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणमा रहेका कानूनी व्यवस्थाहरुलाई पालना गर्न कटिबद्ध भएर लाग्न निर्देशन दिए ।

वि.सं.२०८२ मंसिर ११ बिहीवार १७:०४ मा प्रकाशित

मुगुमा किरियापुत्रीले गरे मतदान

मुगुमा किरियापुत्रीले गरे मतदान

मुगु । छायानाथ रारा नगरपालिका–१ स्थित मीन माध्यमिक विद्यालयमा रहेको...

प्रतिनिधिसभा सदस्य निर्वाचन : १२ बजेसम्म मुस्ताङमा खस्यो ४२.८४ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचन : १२ बजेसम्म मुस्ताङमा खस्यो ४२.८४ प्रतिशत मतदान

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी मतदानमा मुस्ताङ जिल्लामा...

वालिङ नगरपालिका-१० मा रोकियो मतदान

वालिङ नगरपालिका-१० मा रोकियो मतदान

कठमाडौँ। स्याङ्जा वालिङ नगरपालिका–१० मोदीखोलास्थित बालज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा...

पुन मतदान सुरु भयो महोत्तरीमा

पुन मतदान सुरु भयो महोत्तरीमा

काठमाडौँ । महोत्तरीमा वारेस नाममार्फत वडाध्यक्ष रामसोभारत यादवले नै मतदान...

प्रतिनिधिसभा सदस्य निर्वाचनः मध्याह्न १२ बजेसम्म १८ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनः मध्याह्न १२ बजेसम्म १८ प्रतिशत मतदान

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मध्याह्न १२ बजेसम्म करिब...

दोलखामा मतपत्र लुटिएपछि बुथ एजेन्ट  नियन्त्रणमा, मतदान अझै स्थगित

दोलखामा मतपत्र लुटिएपछि बुथ एजेन्ट नियन्त्रणमा, मतदान अझै स्थगित

काठमाडौँ । दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–४ अन्तर्गत पर्ने मालु मतदान...