back
CTIZAN AD

दोलखामा मतपत्र लुटिएपछि बुथ एजेन्ट नियन्त्रणमा, मतदान अझै स्थगित

वि.सं.२०८२ फागुन २१ बिहीवार

561 

shares

काठमाडौँ । दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–४ अन्तर्गत पर्ने मालु मतदान केन्द्रमा उत्पन्न विवादपछि मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन ।

मतदानका क्रममा कर्मचारीमाथि हातपात गर्ने प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो। घटनापछि मतदान स्थगित गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेका अनुसार मतपत्र लुटपाटको प्रयास भएपछि दलका प्रतिनिधि (बुथ एजेन्ट)हरूलाई सुरक्षित स्थानमा राखिएको छ ।

‘बुथ एजेन्टहरूलाई सुरक्षित ठाउँमा राखिएको छ । मतपत्र लुटपाट हुन थालेपछि उहाँहरूलाई सुरक्षाका लागि बाहिर लगिएको हो,’ उनले बताए ।

बुथमा रहेका केही दलका प्रतिनिधिले नै मतपत्र लुट्न खोजेपछि अवस्था तनावग्रस्त बनेको प्रशासनले जनाएको छ। ‘नियन्त्रणमा लिएको होइन, सुरक्षित स्थानमा राखेका हौँ। केही प्रतिनिधिले मतपत्र लुट्न खोजेपछि समस्या भएको हो,’ आलेले स्पष्ट पारे।

हाल मतदान केन्द्रमा सर्वपक्षीय छलफल जारी रहेको र अवस्था सामान्य बनाएपछि मात्र मतदान पुनः सञ्चालन गरिने जनाइएको छ । सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जानकारी दिएको छ ।

वि.सं.२०८२ फागुन २१ बिहीवार १२:२६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...