अमेरिका । अमेरिका निवासी ममता राईको “पुर्बै घुमेर” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मेलिना राई र कृष्ण भक्त राईको मुख्य स्वर र कोरसमा विनुसा राई र मनमा वि राईको स्वर रहेको उक्त गीतमा कृष्ण भक्त राईकै संगित रहेको छ ।
मिक्सिङ मास्टरिङ राजन कार्कीले गरेको उक्त गीतलाई राईको आफ्नै युट्युव च्यानल Mamata Rai ENT मा नोभेम्बर २९ मा सार्वजनिक गरिएको हो ।
प्रेमिल शब्दहरु उनेर पुर्वको साल्पा सिलिचुङ् यात्राका क्रममा दुई प्रेमिल जोडीको भेंटपछि आकर्षित भएको सुन्दर प्रेम दर्साउने पुर्वेली भाकामा तयार पारिएको यो गीतको शब्द रचना राईको आफ्नै हो । राईका अन्य दर्जनौ गीतहरु चर्चामा आईसकेका छन् ।
यस गीतका गायिका मेलिना राई ‘द भोइस अफ नेपाल’ को कोच पनि हुन् उनले यो भन्दा नौ वर्ष पहिले पनि ‘सम्झी सम्झी’ बोलको गीतमा स्वर दिएकी थिइन् । साथै अर्का गायक कृष्ण भक्त राई पुर्वेली गीतहरुको एक हस्ती हुन् । उनले पनि पाँच वर्ष पहिले नै ममता राईको शब्दमा बनेको गीत‘तारे भिर’ मा संगित तथा आवज दिएका थिए । उक्त गीतहरु दर्शक स्रोताहरुले ज्यादै मन पराएका छन् ।
बहु प्रतिभाशाली मोडेल तथा प्र्याङ स्टार एलिस राई र ममता खालिङ राईले अभिनय गरेको यो गीतको म्युजिक भिडीयोको निर्देशन तथा कोरियोग्राफी पनि एलिस राईले नै गरेका थिए ।
त्यसैगरी सहायक कोरियोग्राफि निर्देशन सरोज मुक्तान र उत्सना राईले गरेका छन् । यस गीतका लागि आर्थिक स्रोतको प्रायोजन अमेरीका निवासी रोशन राई र गीतकार ममता राइले नै गरेका हुन् ।
वि.सं.२०८२ मंसिर २१ आइतवार १८:३८ मा प्रकाशित























