back
CTIZAN AD

नेपाल लाइफको बोनस दर सार्वजनिक: विषम परिस्थितिमा बोनस दर स्थिर राख्न सफल

वि.सं.२०८२ मंसिर २६ शुक्रवार

774 

shares

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि बोनस दर घोषणा गरेको छ । कम्पनीले बीमितलाई प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ । कम्पनीले गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदनका आधारमा २०८१/८२ का लागि नयाँ बोनस दर घोषणा गरेको हो । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरिएको सबै किसिमका जीवन बीमालेख अन्तर्गत नयाँ बोनस दर लागू हुने छ ।

विषम आर्थिक परिस्थितिका बीच पनि नेपाल लाइफले आफ्नो बोनस दरलाई स्थिर राख्न सफल भएको छ । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्नुहुने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बीमा गर्नुहुने बीमितहरु, कम्पनीको मेरुदण्डको रूपमा रहनुभएका बीमा अभिकर्ताहरू, कर्मचारीहरू, शेयरधनी महानुभावहरु, नियामक निकायहरू तथा सम्पूर्ण सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गर्नुभएको छ । कम्पनीले लिएका रणनैतिक निर्णयहरुका कारणनै बोनस दरलाई स्थिर राख्न सफल भएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताउनु भएको छ ।

सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी, जीवन उदय एकल) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ तथा २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ८२ रुपैयाँ कायम गरिएको छ ।

सावधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्षका लागि प्रतिहजारमा ६५ रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि प्रतिहजारमा ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका र ३० वर्ष बढी अवधिका लागि प्रतिहजारमा ८२ रुपैयाँ कायम गरिएको छ ।

सावधिक जीवन बीमालेख (जीवन समुनन्त) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजारमा ५६ रुपैयाँ तथा २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका र ३० वर्षभन्दा माथि अवधिका लागि प्रतिहजारमा ७० रुपैयाँ कायम गरिएको छ ।

सावधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना– विकल्प १/विकल्प २) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ६२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्म र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ६५ रुपैयाँ कायम कायम गरिएको छ ।

सावधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना (विकल्प १) एकल बीमाशुल्क) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजारमा ५५ रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ५७ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्म र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ कायम गरिएको छ ।

सावधिक जीवन बीमालेख (केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ६२ रुपैयाँ कायम गरिएको छ ।

सावधिक जीवन बीमालेख ( केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना एकल बीमाशुल्क) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ६२ रुपैयाँ कायम गरिएको छ ।

सावधिक तथा आजीवन बीमालेख (जीवन साहारा, अनमोल जीवन) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ तथा २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्म र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ८२ रुपैयाँ कायम गरिएको छ ।

अग्रिम भुक्तानी सावधिक बीमालेख (जीवन समृद्धि–१५ वर्ष, जीवन समृद्धि–१५ वर्ष) अन्तर्गत बीमालेखमा १५ वर्षे अवधि र २० वर्षे अवधिका लागि प्रतिहजारमा ५६ रुपैयाँ कायम गरिएको छ । अग्रिम भुक्तानी सावधिक (धन वर्षा–१५ वर्ष, धन वर्षा–२० वर्ष, नौलो धन वर्षा, जीवन उन्नती, छोराछोरी र सदाबहार जीवन) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष, १६ देखि २० वर्ष, २१ देखि २५ वर्ष, २६ वर्षदेखि ३० वर्ष र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ५६ रुपैयाँ कायम गरिएको छ ।

अग्रिम भुक्तानी सावधिक बीमालेख (नौलो जीवन सम्बृद्धि)मा अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष, १६ देखि २० वर्ष, २१ देखि २५ वर्ष अवधि, २६ वर्षदेखि ३० वर्ष र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ५६ रुपैयाँ कायम गरिएको छ ।

अन्य (जीवन सारथी) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजारमा ६२ रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि प्रतिहजारमा ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्म र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ८५ रुपैयाँ कायम गरिएको छ ।

 

 

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १६:५० मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...