अफ्रिका । एनआरएनए एकताको खुशीको शन्देस बाड्न एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठले अफ्रिका महादेशका एनआरएन अभियन्ताहरुसंग जुम मार्फत अन्तरक्रिया गरेका छन् ।
विगत केही बर्षदेखि विवाद र बिभाजनको कारणले अप्ठ्यारोमा परेको अभियान एकता पछि अब पहिलेकै स्वरुप र सक्रियतामा आउँने विश्वास ब्यक्त गर्दै अफ्रिकाका एनआरएन अभियन्ताहरुलाई फेरि क्रियाशिल बनाउदै पहिलेकै अवस्थामा पुर्याउन उनले अनुरोध गरे ।
कार्यक्रममा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन, एनआरएनए प्रवक्ता गंगाधर गौतम, सल्लाहकार हिक्मत थापा, अफ्रिका क्षेत्रीय संयोजक कृष्णदत्त भट्ट (केन्या), महिला क्षेत्रीय संयोजक डा. सरिता पान्डे भट्टराई (साउथ अफ्रिका), क्षेत्रीय सहसंयोजक छवि श्रेष्ठ ( सेसेल्स ), क्षेत्रीय सहसंयोजक विकास सुवेदी (घाना), क्षेत्रीय महिला सहसंयोजक शान्ति कँडेल भण्डारी (बोत्स्वाना), क्षेत्रीय युवा संयोजक भरत रिजाल (नाइजेरिया), उपसंयोजक सन्तोष उदास (तान्जानिया), एनसिसी दक्षिण अफ्रिकाका अध्यक्ष डा. पुष्प भट्टराई, एनसिसी केन्याका उपाध्यक्ष भरत रेग्मी, अन्तर्राष्ट्रिय समितिका मानार्थ परिषद सदस्य मन थापा ( नाइजेरिया) र रमेश शर्मा (रवान्डा) को उपस्थिति रहेको थियो ।
वि.सं.२०८२ मंसिर २९ सोमवार १६:२६ मा प्रकाशित






























