back

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को शेयर

वि.सं.२०८२ पुस २ बुधवार

327 

shares

रसुवा । सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयबासिन्दाको मागबमोजिम शेयर दिने निर्णयसहित प्रक्रिया अघि बढाएको छ । शेयर पाउनुपर्ने माग दाबी गर्दै विरोधमा उत्रेका स्थानीयबासिन्दालाई शेयर दिन आयोजना तयार भएको हो ।

निजी क्षेत्रबाट करिब रु २० अर्ब लगानीमा निर्माण भएको ७८ मेगावाट क्षमताको सो विद्युत् आयोजना सन् २०१९ मा सुरु भई सन् २०२५ मा सम्पन्न भएको हो । जलविद्युत् गृहका इञ्जिनीयर राजु श्रेष्ठका अनुसार समुद्री सतहदेखि करिब ३४ मिटर उचाइमा बाँध बाँधेर निर्माण गरिएको उक्त आयोजनाबाट हिउँदमा १५ मेगावाट मात्र विद्युत् उत्पादन हुन्छ ।

आमाछोदिङ्मो गाउँपालिका वडा नं ५ का वडाध्यक्ष रामबहादुर तामाङले स्थानीयबासिन्दालाई शेयर दिने सन्दर्भमा आयोजनाका तर्फबाट जानकारीसहित पत्र प्राप्त भएसँगै विरोधका कार्यक्रम स्थागित भएका जानकारी दिए । स्थानीयस्तरको जल, जङ्गल र जमिन एवं प्राकृतिक स्रोेत परिचालन गरी निर्माण भएका वा गराउँदा तयार हुने सबै प्रकारका संरचनासँग सम्बन्धित गतिविधिमा प्रभावित पक्षलाई प्राथमिकताका साथ शेयर दिनुपर्ने माग स्थानीयले उठाउँदै आएका थिए ।

वि.सं.२०८२ पुस २ बुधवार १७:०१ मा प्रकाशित

Himalayan Life AD
अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थतन्त्र कुनै राष्ट्रको आय–व्ययको कागजी हिसाब मात्र होइन; यो राष्ट्रको...

समान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो

समान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकले...

नेप्से सूचक उल्लेख्य अंकले उकालो, कारोबार ६ अर्ब नाघ्यो

नेप्से सूचक उल्लेख्य अंकले उकालो, कारोबार ६ अर्ब नाघ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ७३...

साताको अन्तिम कारोबार दिन सेयर बजार १२.८३ अंक घट्यो

साताको अन्तिम कारोबार दिन सेयर बजार १२.८३ अंक घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयर बजार...

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८...