back
CTIZAN AD

साताको अन्तिम कारोबार दिन सेयर बजार १२.८३ अंक घट्यो

वि.सं.२०८२ पुस १७ बिहीवार

693 

shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयर बजार १२.८३ अंक घटेको छ । बिहीबार नेप्से २६२०.९२ बिन्दुमा झरेर रोकिएको हो । यो ०.४८ प्रतिशतको गिरावट भएको छ ।

‘अन्य’ उपसूचक बाहेक बिहीबार सबै उपसूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै व्यापार उपसूचकका लगानीकर्ताले १.०९ प्रतिशतले गुमाएका हुन् ।

बिहीबार कुल तीन सय ३६ धितोपत्रको ६४ हजार चार सय सात कारोबारबाट एक करोड एक लाख ५३ हजार दुई सय २६ कित्ता सेयर किनबेच एको छ ।
कारोबार रकम चार अर्ब ७१ करोड ३९ लाखमा खुम्चियो । जुन अघिल्लो कारोबार दिन बुधबारको तुलनामा कम हो । बुधबार दोहोरो अंकले बढेको बजार आज घटेको हो ।

बिहीबार विन नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर १४८१.१० रुपैयाँ प्रतिकित्ता पुग्यो ।
यसबाहेक एसवाई प्यानल नेपाल लिमिटेड, हिम स्टार ऊर्जा कम्पनी, बुङ्गल हाइड्रो लिमिटेड, कालिका पावर कम्पनी सहितका धितोपत्रको मूल्य धेरैले बढ्यो ।

वि.सं.२०८२ पुस १७ बिहीवार १६:४३ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...