back
CTIZAN AD

ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुव्र्यवहार

वि.सं.२०८२ पुस १७ बिहीवार

699 

shares

काठमाडाैँ । थापाथलीस्थित द ब्रिटिश कलेजले पत्रकारलाई दुव्र्यवहार गरेको जनाउँदै नेपाल पत्रकार महासङ्घअन्तर्गत स्वतन्त्र समाचार सेवा (प्रतिष्ठान शाखा)ले आपत्ति जनाएको छ ।

‘विद्यार्थीबाट चर्को शुल्क लिएर दुबईमा कामदारका रूपमा पठाएको’ भन्ने विषयमा समाचार सङ्कलनका लागि पुगेका ‘नेपाल लिड डटकम’का संवाददाता समीर जोशी र क्यामेरापर्सन अमृत भट्टलाई कलेजले आफ्ना सुरक्षा गार्डमार्फत दुव्र्यवहार गरेको स्वतन्त्र समाचार सेवाले विज्ञप्तिमा जनाएको छ ।

सो शाखाका अध्यक्ष निरज खतिवडाद्वारा जारी विज्ञप्तिमा त्यसरी सुरक्षा गार्ड लगाएर घेरा हाली कलेज परिसरबाट निस्किन नदिइएको र समाचार सङ्कलनमा अवरोध गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समाचार सङ्कलनमा पु¥याइएको अवरोध र दुव्र्यवहारमा संलग्नलाई यथाशीघ्र कारबाहीको माग गरिएको छ ।

कलेजका मार्केर्टिङ प्रमुख अमरदीप मण्डपले आज अङ्ग्रेजी नयाँ वर्षमा कलेज बिदा रहेकाले सम्बन्धित अधिकारीसँग भेट्न नसकिने भएकाले सुरक्षा गार्डले रोकेको हुन सक्ने बताउएका छन् ।

वि.सं.२०८२ पुस १७ बिहीवार १६:२९ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...