back
CTIZAN AD

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

वि.सं.२०८३ असार १० बुधवार

69 

shares

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले घटेर २,६६०.०२ विन्दुमा बन्द भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ०.५४ प्रतिशतको गिरावट हो । कारोबार रकम भने ४ अर्ब ३१ करोड रुपैयाँभन्दा माथि पुगेको छ ।

बजारको पछिल्लो प्रवृत्ति हेर्दा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको देखिन्छ । सोमबार नेप्से २,७००.६५ विन्दुमा रहेको थियो भने मंगलबार २६.१७ अंक घटेर २,६७४.४८ मा झरेको थियो । बुधबार थप १४.४५ अंकको गिरावट आएपछि तीन कारोबार दिनमै नेप्से ४०.६३ अंकले खस्किएको छ ।

बजार घटिरहे पनि कारोबार रकम भने क्रमशः बढिरहेको देखिन्छ । यसले केही लगानीकर्ताले नाफा सुरक्षित गरिरहेका तथा केहीले घट्दो मूल्यमा खरिद अवसर खोजिरहेको संकेत गरेको विश्लेषकहरू बताउँछन् ।

बुधबारको कारोबारमा ६४ कम्पनीको शेयर मूल्य बढ्दा २०० कम्पनीको मूल्य घटेको छ भने १० कम्पनी स्थिर रहेको छ । बजारको व्यापकता कमजोर देखिएकाले बिक्री दबाब अझै बलियो रहेको देखिन्छ ।

त्यसैगरी कुल १ करोड ७ लाखभन्दा बढी कित्ता शेयर खरिद–बिक्री हुँदा ७२ हजारभन्दा बढी कारोबार भएको भने बजार पुँजीकरण करिब ४५ खर्ब ५५ अर्ब रुपैयाँमा सीमित भएको छ ।

के हो नेप्सेको पछिल्लो संकेत?

बुधबारसम्म नेप्से २,७०० विन्दुभन्दा तल झरिसकेको अवस्थामा छ । अहिलेको अवस्थालाई मुल्याङ्कन गर्दा छोटो अवधिमा बजार दबाबमै रहेको देखिन्छ । यद्यपि कारोबार रकम ४ अर्ब रुपैयाँभन्दा माथि कायम रहनुले लगानीकर्ताको सक्रियता भने कायम रहेको देखिन्छ । यसले आगामी दिनमा नेप्से २,६५० विन्दु आसपास बजारका लागि महत्वपूर्ण समर्थनका रूपमा हेरिएको सेयर विश्लेषकहरुले बताएका छन् ।

वि.सं.२०८३ असार १० बुधवार १६:५८ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...