back
CTIZAN AD

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

वि.सं.२०८३ असार १० बुधवार

234 

shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई विशेष बन्दोबस्तीका सामग्रीहरूसहित झोला वितरण गरिएको छ ।

महाधिवेशनको चौथो दिन देशभरबाट आएका प्रतिनिधिहरूको पहिचान र सहजताका लागि पार्टीले आवश्यक सामग्रीसहितको झोला उपलब्ध गराएको हो ।

सचिवालयका अनुसार सांगठनिक छलफल र बन्दसत्रका कार्यक्रमहरूलाई थप व्यवस्थित एवं संस्थागत बनाउने रणनीति अन्तर्गत यो व्यवस्था गरिएको हो । वितरित झोलामा रास्वपाको पहिचान झल्किने क्याप, पेन, कपी तथा आधिकारिक परिचयपत्र लगायतका दैनिक प्रयोगका सामानहरू समावेश छन् ।

यसैबीच, महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले पार्टीको यो व्यवस्थापनप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । यस किसिमको तयारीले बन्दसत्रका महत्त्वपूर्ण बुँदाहरू टिपोट गर्न र हलभित्र अनुशासन कायम राख्न सघाउ पुगेको एक प्रतिनिधिले जानकारी दिए ।

रास्वपाले आफ्नो यो पहिलो राष्ट्रिय महाधिवेशनलाई परम्परागत भन्दा फरक शैलीमा प्रविधिमैत्री, मितव्ययी र अनुशासित रूपमा सम्पन्न गर्ने नीति अख्तियार गरेको दाबी गरेको छ ।

वि.सं.२०८३ असार १० बुधवार १७:०० मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...