back
CTIZAN AD

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

वि.सं.२०८३ असार १० बुधवार

303 

shares

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने पासपोर्ट पुस्तिका मौज्दात रहेको खुलेको छ। विभागसँग पुरानो ठेकेदार कम्पनीले छापेका करिब ६० हजार पासपोर्ट मात्र बाँकी रहेको स्रोतले जनाएको छ। दैनिक रूपमा ठूलो संख्यामा सेवाग्राहीले पासपोर्टका लागि आवेदन दिइरहेका बेला नयाँ पासपोर्ट आपूर्तिको प्रक्रिया भने अन्योलमा परेको छ।

विभागका अनुसार हाल दैनिक तीन हजारदेखि तीन हजार पाँच सयसम्म पासपोर्टको माग भइरहेको छ। यही दरमा वितरण जारी रहेमा मौज्दात रहेका पुस्तिका बढीमा एक महिनाभन्दा लामो समय टिक्न नसक्ने अनुमान गरिएको छ। यद्यपि विभागले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन।

नयाँ पासपोर्ट छाप्ने जिम्मा पाएका जर्मनीका कम्पनी म्युलबैर र भेरिडोजले करिब २० दिनभित्र नयाँ पुस्तिका उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए। तर गत सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती कम्पनीहरू तथा राहदानी विभागका केही अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि आपूर्ति प्रक्रिया प्रभावित हुन सक्ने आशंका बढेको छ।

मुद्दा दायर भएसँगै राहदानी विभागका महानिर्देशक र निर्देशक निलम्बनमा परेका छन्। विभागका अन्य कर्मचारीहरू पनि यस विषयमा सार्वजनिक रूपमा बोल्न इच्छुक देखिएका छैनन्। परराष्ट्र मन्त्रालयका अधिकारीहरूले समेत पासपोर्टको मौज्दात र नयाँ छपाइसम्बन्धी विवरण औपचारिक रूपमा खुलाउन अस्वीकार गरेका छन्।

विशेष अदालतमा दायर मुद्दामा ठेक्का प्रक्रियामा मिलेमतो गरी ठेक्का दिलाइएको तथा तोकिएको मापदण्डभन्दा कम गुणस्तरका पासपोर्ट पुस्तिका उपलब्ध गराउने योजना बनाइएको आरोप लगाइएको छ। यस कारण ठेकेदार कम्पनीहरूले नयाँ पुस्तिका उपलब्ध गराए पनि भुक्तानी प्रक्रिया जटिल बन्न सक्ने देखिएको छ।

विभागका एक कर्मचारीका अनुसार हाल बाँकी रहेका ६० हजार पुस्तिका वितरण गरिनेछ। त्यसपछि पासपोर्ट सेवा कसरी सञ्चालन गर्ने भन्ने विषयमा स्पष्ट योजना नबनेको उनले बताए। यसले निकट भविष्यमा पासपोर्ट सेवा प्रभावित हुन सक्ने चिन्ता बढाएको छ।

वि.सं.२०८३ असार १० बुधवार १६:५४ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...