back

नेपालगञ्जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै

वि.सं.२०८२ पुस ४ शुक्रवार

216 

shares

नेपालगञ्ज । पर्यटन प्रवद्र्धनका लागि भारतीय टुर अपरेटर र नेपालगञ्जका पर्यटन व्यवसायीबीच आपसी संवाद हुने भएको छ ।

पर्यटन बोर्डको आयोजना तथा नाट्टा बाँके च्याप्टरको संयोजनमा शनिबार यहाँ आयोजना हुन लागेको ‘नेपालगञ्ज क्रस बर्डर टुरिजम कन्क्लेभ २०२५’ मा सो संवाद हुने भएको हो । कार्यक्रममा भारतको उत्तर प्रदेशका विभिन्न सहरका टुर अपरेटर, वीडिङ डेस्टिनेशन प्लानर र सञ्चारकर्मी गरी झण्डै १०० पर्यटन प्रतिनिधिको सहभागिता रहने नाट्टा बाँकेका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

“पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न यसले सघाउ पु¥याउछ”, उनले भने । कन्क्लेभमा पर्यटन र पर्यटकका विषयमा नेपाल–भारत दुई देशबीचका सीमा सम्बन्धी मुद्दा, पर्यटन अन्तरसम्बन्ध र नेपालगञ्ज भारतीयका लागि गन्तव्य बन्न सक्छ भन्ने लगायतका विषयमा अन्तरसंवाद हुने छ ।

पूर्वअध्यक्ष सिग्देलका अनुसार नेपाली पर्यटन व्यवसायी र पर्यटन जानकार सम्मिलित यस इभेन्टमा व्यापार साटासाट बिटुबी सेसनका लागि नेपाली पर्यटन व्यवसायी ट्राभल एजेन्सी, एयरलाइन्स, क्यासिनोलगायतका झण्डै अढाइ दर्जन कक्ष बुक गरिएका छन् । नेपालगञ्जस्थित कारकाँदोमा सञ्चालन हुने उक्त कार्यक्रममा भारतीय पाहुना र अन्य सरोकारवाला आज बेलुकासम्म नेपालगञ्ज आइपुग्ने उनले बताए ।

तीन दिनसम्म नेपालगञ्जमा सञ्चालन हुने उक्त कार्यक्रममा बागेश्वरी दर्शन, क्रस बार्डर टुरिजम अन्तरसंवाद, बिटुबी, प्रपर्टी भिजिट, क्यासिनो भिजिट, नेपाली सांस्कृतिक कार्यक्रम र बाँके राष्ट्रिय निकुञ्जको जङ्गल सफारी हुने नाट्टा बाँकेले जनाएको छ ।

वि.सं.२०८२ पुस ४ शुक्रवार १२:४९ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी : राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी : राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा...

आज सोमबार : तपाईंको राशिफल कस्तो छ ?

आज सोमबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

शीतलहरसँगै बढेको चिसोले जनजीवन कष्टकर

शीतलहरसँगै बढेको चिसोले जनजीवन कष्टकर

सुदूरपश्चिम । केही दिनदेखि कुहिरो र हुस्सुसँगै लगातार चलेको शीतलहरले...

प्रतिनिधिसभा निर्वाचन : समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु

प्रतिनिधिसभा निर्वाचन : समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन...

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा...