back
CTIZAN AD

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

वि.सं.२०८२ पुस १३ आइतवार

645 

shares

महेन्द्रनगर । कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा परी मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले शनिबार भारतको दुधुवा नेसनल पार्कमा घाँस काट्न गएका पुर्नवास नगरपालिका–६ का ७० वर्षीया सुना निरौलाको बाघको आक्रमणमा परी मृत्यु भएको खबर प्राप्त भएको जानकारी दिए ।

“सीमाक्षेत्रबाट करिब अढाई किलोमिटरभित्र बाघले वृद्धाको ज्यान लिएको खबर पाइएको छ”, उनले भने, “दाउरा घाँसका लागि जङ्गलमा हिजो गएको भन्ने स्थानीयले खबर गरेका छन् ।”

प्रहरीले घटनास्थल भारतीय क्षेत्रमा भएकाले आवश्यक प्रक्रिया पनि उतैबाट हुने जनाएको छ । “आवश्यकताअनुसार भारतीय पक्षले हामीसँग पनि समन्वय गर्नेछ”, प्रहरी निरीक्षक कार्कीले भने, “तर भारतीय पक्षबाट अहिलेसम्म केही खबर आएको छैन ।”

वि.सं.२०८२ पुस १३ आइतवार १८:१० मा प्रकाशित

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...