back
CTIZAN AD

शीतलहरसँगै बढेको चिसोले जनजीवन कष्टकर

वि.सं.२०८२ पुस १३ आइतवार

720 

shares

सुदूरपश्चिम । केही दिनदेखि कुहिरो र हुस्सुसँगै लगातार चलेको शीतलहरले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । दिनभरि लाग्ने बाक्लो हुस्सु र कुहिरोसँगैको शीतलहरले कठ्याङ्ग्रिने जाडो बढेपछि जनजीवन कष्टकर बनेको हो । लगातारको हुस्सुका कारण केही दिनदेखि कैलाली र कञ्चनपुरमा घाम झुल्किन पाएको छैन ।

चिसोका कारण जाडोको सामना गरिरहेका अधिकांश सर्वसाधारणलाई आगो ताप्न दाउराको समस्या भएको छ । चिसो बढेपछि धनगढी उपमहानगरपालिका, डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा धनगढी बजारका कतिपय चोकमा निःशुल्क दाउरा वितरण गरिएको छ । शीतलहरले मजदुर, विद्यालय जाने बालबालिका तथा वृद्धवृद्धालाई बढी असर पुगेको छ ।

कैलालीको अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जय साहका अनुसार शीतलहरसँगै धनगढीको अधिकतम तापक्रम र न्यूनतम तापक्रमको अन्तर घट्दै गएको छ । चिसो बढ्दै जाँदा आज धनगढीको अधिकतम तापक्रम १३ दशमलव तीन डिग्री सेल्सियस र न्यूनतम तापक्रम ११ डिग्री सेल्सियसमा पुगेको छ ।

उहाँले भन्नुभयो “अधिकतम तापक्रम र न्यूनतम तापक्रमको अन्तर घट्दै जाँदा जाडो बढेको हो, अझै केही दिन शीतलहर कायम रहने पूर्वाअनुमान छ ।”

बर्सेनि तराईका जिल्लामा देखिने शीतलहरको समस्याले जनजीवन नराम्रोसँग प्रभावित हुने गरेको छ । पहाडी क्षेत्रमा पारिलो घाम लाग्दा यतिबेला तराईका जिल्लालाई भने कुहिरो र हुस्सुले ढाकेको छ । शीतलहरले बढ्ने चिसोका कारण आलु, तोरी लगायतको हिँउदे बालीमा डढुवा रोगको समस्या देखिन थालेको किसानले बताएका छन् । डढुवा रोगको सङ्क्रमणबाट बालीलाई जोगाउन किसानले ढुसी नाशक विषादी छर्किन थालेका छन् । यस्तो विषादी प्रत्येक सात÷आठ दिनको फरकमा छर्किन सकेमा बाली जोगाउन सकिने धनगढी–१३ का किसान रामदिन राना बताउनुहुन्छ ।

निरन्तरको चिसोका कारण रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने तथा चिसो मौसमको सुषुुप्त अवस्थामा रहने ढुसी सक्रिय हुनगई आलु, गोलभेँडा लगायतको बोटमा डढुवाको सङ्क्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ ।

वि.सं.२०८२ पुस १३ आइतवार १८:३६ मा प्रकाशित

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...