back

पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओली लगायतका नयाँ नेतृत्वलाई बधाइ

वि.सं.२०८२ पुस ५ शनिवार

171 

shares

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलगायत पदाधिकारी र सदस्यलाई बधाइ दिएकी छन् ।

एमालेका पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैँमा एमालेको सङ्गठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज)को जीवन्त अभ्यास भएको टिप्पणी गरेकी छन् ।

“यस महाधिवेशनमा विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी हुनुभएका सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति पनि हार्दिक धन्यवाद, लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया हो, जसले संस्थालाई थप सुदृढ र जीवन्त बनाउँछ”, पूर्वराष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा भनिएको छ, “निर्वाचित नयाँ नेतृत्वले पार्टीले अवलम्बन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र सङ्गठनात्मक एकतालाई अझ सुदृढ बनाउँदै पार्टीलाई अघि बढाउने विश्वास लिएको छु ।”

 

वि.सं.२०८२ पुस ५ शनिवार १३:४७ मा प्रकाशित

Himalayan Life AD
राहुघाट जलविद्युत् आयोजनाको ९० प्रतिशत बढी भौतिक प्रगति

राहुघाट जलविद्युत् आयोजनाको ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी  । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक...

निर्वाचनका लागि देशभर १० हजार नौ सय ६७ मतदानस्थल कायम

निर्वाचनका लागि देशभर १० हजार नौ सय ६७ मतदानस्थल कायम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र...

प्रधानमन्त्री कार्कीको सय दिन, यस्ता छन् विभिन्न क्षेत्रमा गरिएको फजुल खर्च कटौतीको विवरण

प्रधानमन्त्री कार्कीको सय दिन, यस्ता छन् विभिन्न क्षेत्रमा गरिएको फजुल खर्च कटौतीको विवरण

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल...

वित्तीय संस्थामा एक अर्ब २० करोड लगानी गर्दै राष्ट्र बैङ्क, आवेदन दिन आव्हान

वित्तीय संस्थामा एक अर्ब २० करोड लगानी गर्दै राष्ट्र बैङ्क, आवेदन दिन आव्हान

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको रु...