back
CTIZAN AD

गजल

वि.सं.२०८२ पुस ५ शनिवार

1.3K 

shares

बीके मुखिया वाङदे
दार्जिलिङ भारत

स्वदेशमै म मेरो पसिना बगाउँदै छु
वतन म स्वर्ग जस्तै सुन्दर बनाउँदै छु

विशाल फूलबारी रमणीय देश मेरो
बनेर एक माली धेरै रमाउँदै छु

रुखो छ देश हाम्रो बाँझो छ खेतबारी
अनेक काम गर्दै मानो जुराउँदै छु

सदैव गर्छु माया भन्थ्यौ तिमी मलाई
कहाँ तिमी हरायौ खोज्दै म आउँदै छु

बन्यौ तिमी पराई छोडी गयौ निसानी
गरेर याद तिम्रो आँखा रसाउँदै छु

बहर : मुजाहिफ परिश्रमी
वजन : १२१२ – १२२ – २२१ – २१२२
अर्कान : मुफाइलुन्, फऊलुन् , मफ्ऊल, फाइलातुन्
काफिया :आउँदै
रदिफ : छु
अभ्यास; परिश्रमी पाठशाला

वि.सं.२०८२ पुस ५ शनिवार ०७:५७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...