back
CTIZAN AD

सुसेली : हाम्रो अभाग

वि.सं.२०८२ पुस ५ शनिवार

1.2K 

shares

रामशरण न्यौपाने, भक्तपुर

हाम्रो अभाग
सूर्य आगो ओकल्छ
चन्द्रमा दाग ।१

गर्दैन यार
बोकेको कुकुरले
मृग सिकार ।२

सत्ताको भाल
रगतको आहाल
ग्राहको चाल ।३

जुवाको खाल
द्रौपदीको नियति
भोग्दै नेपाल ।४

जुरेली चरी
तीक्ष्ण आँखा बाजको
आँसुको झरी ।५

पुजारी छली
भाकेर कालरात्रि
बोकाको बलि ।६

दोजिया नारी
आबाल ब्रह्मचारी
तिर्दैछ जारी ।७

झर्दो प्रसून
बादलु घुम्टोभित्र
लुकेको जून ।८

धर्तीको ओज
किसानको पसिना
सामन्ती भोज ।८

रुँदैछे काली
वैरी हाल्छ दुवाली
रुग्ण नेपाली ।९

युवाको हुल
विदेशीको चङ्गुल
सुकेको मूल ।१०

वि.सं.२०८२ पुस ५ शनिवार ०७:५५ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...