back
CTIZAN AD

मुक्तक

वि.सं.२०८२ पुस ५ शनिवार

1.4K 

shares

भूपाल अधिकारी, विराटनगर

१.
लगाएर सधैँ फुइँ कहाँसम्म पुग्छौ
छोडी बसेको भुईँ कहाँसम्म पुग्छौ
ए पैसा र शक्तिले मत्त भएकाहरू,
चढेर अरूकै बुइँ कहाँसम्म पुग्छौ ।

२.
सत्ययुग भन्दा कलि बेकार हुन्छ
ट्याक्टर खरिदे हली बेकार हुन्छ
जुन सुकै भाकामा बजाए तापनि,
भैंसीको सामु मुरली बेकार हुन्छ ।

३.
चङ्गाझैँ उडाउनु पर्छ हावामा हामीले
तार्नुपर्छ माछा जस्तै तावामा हामीले
संजीवनी भनी विष पिलाउनेहरूलाई,
बाँधेर खुब कुट्नु पर्छ खाँवामा हामीले।

४.
बनाएर जिउभरि बुट्टा हिँड्ने गर्छन्
सधैँभर कुरा गर्दै झुट्टा हिँड्ने गर्छन्
स्वयम्लाई उच्च कदका ठान्नेहरूले,
लगाएर बाँसको खुट्टा हिँड्ने गर्छन् ।

५.
हे जहिल्यै पनि मेरै परिश्रम उपर भर गर्नेहरू
सधैं आफ्नै निम्ति मात्र काम गर्न कर गर्नेहरू
बुझ अति गर्नेको अन्त्य हुन्छ बहुत पीडादायी,
मेरै पसिनाको नदीमाथि नौका सफर गर्नेहरू।

वि.सं.२०८२ पुस ५ शनिवार ०७:४९ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...