back
CTIZAN AD

गजल

वि.सं.२०८३ वैशाख ५ शनिवार

792 

shares

कृष्णप्रसाद गौतम,इटहरी

बाग पसेथेँ मन बहलायो
फूल चुमेथेँ मन बहलायो

पङ्ख चलाई स्वप्न गगनमा
मस्त उडेथेँ मन बहलायो

भक्ति अपूरो भाव नजान्दा
भाव बुझेथेँ मन बहलायो

साथबिनाको रात भो शून्य
गीत सुनेथेँ मन बहलायो

शास्त्र सुधाको यत्न गरी खुब
पान गरेथेँ मन बहलायो ।

बहर : मुतकारिक मुसम्मन असरम सालिम
वजन : २११ – २२ – २११ – २२
अर्कान : फाइल , फैलुन् , फाइल , फैलुन
कफिया: एथेँ
रदिफ: मन बहलायो
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८३ वैशाख ५ शनिवार ०८:१७ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...