back
CTIZAN AD

कविता : हिंसा

वि.सं.२०८३ वैशाख ५ शनिवार

162 

shares

कविराज घिमिरे ,भक्तपुर

ती वक्ष द्योतक बने खुला छँदा
आधा छ वस्त्र तल नग्न सर्वदा
मुस्काउँदै तरुणको समीपमा
बन्छ्यौ तिमी अबुझ भै मनोरमा ।।१

त्यो बैँसको छटपटी उतारको
पोख्छ्यौ मजासँग कुरा जवानको
दिन्छ्यौ स्वयं दिल उतै हतारिँदै
गर्छ्यौ विलाप पछि के रुँदै रुँदै ।।२

रम्छ्यौ सधैँ युवकका अधीनमा
छर्छ्यौ बनी कुलतवान् कुबासना
देखिन्छ है अगतिलो जताततै
हिंसा भयो नभन झन् फसाँउँदै ।।३

आफैँ सहाय नबने कतै पनि
हिंसा हुँदैन बुझ यो जहाँ पनि
निम्त्याउने नगर है कुचाल यो
आचार होस् सुखदको फराकिलो ।।४

के हो सही गलत के निषेध के ?
साधारणी असल के विशेष के ?
जान्ने गरौँ उचित के सदा सदा
गल्ती नहोस् बुझ स्वयं यथार्थता ।।५

छन्द : ललिता
गण : त – भ – ज – र
सङ्केत : SSI – SII – ISI – SIS

वि.सं.२०८३ वैशाख ५ शनिवार ०८:१५ मा प्रकाशित

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...

कविता : आमा

कविता : आमा

विदुर अधिकारी, रामपुर,चितवन . बनेर आमा सुरम्य माथा,चुमी बढायौ यहीँ...