back
CTIZAN AD

कविता : आमा

वि.सं.२०८३ वैशाख ५ शनिवार

474 

shares

विदुर अधिकारी, रामपुर,चितवन
.
बनेर आमा सुरम्य माथा,चुमी बढायौ यहीँ मलाई
सुभाव राख्दा,म जन्मिएको,थिएँ नि आमा,लियौ समाई
खपेर पीडा,कुरेर बस्थ्यौ,सुरम्य आशा,सदा सजाई
म भुल्न सक्थेँ कहाँ र आमा,दिई शुभेच्छा गर्‍यौ भलाइ।
. (१)
सहेर पीडा,टुसुक्क बस्थ्यौ,हुनेछ बालो,भनी लजाई
भविष्य हेर्दै,सुकर्म गर्थ्यौ, यही धरामा,दियो जलाई
मनग्य माया,दिई सजायौ,शरीर राम्रो,भयो खुवाई
म भुल्न सक्थेँ कहाँ र आमा,दिई शुभेच्छा गर्‍यौ भलाइ।
. (२)
सुभाव राख्दै,चुमेर बच्चा,गमेर बस्थ्यौ,गरा गरामा
अतीव राम्रो हुनेछ बालो,भनेर सोच्थ्यौ पला पलामा
दिएर आशिष्,घुमेर बारी,कसेर भारी,भिर्‍यौ मलाई
म भुल्न सक्थेँ कहाँ र आमा,दिई शुभेच्छा गर्‍यौ भलाइ।
. (३)
चलेर साँच्चै,बनेर झोकी, कुकर्म केही,गरेँ कि मैले
भुलेर केही,गरेँ कि आमा,ल माफ देऊ,म भन्छु ऐले
म पढ्न जान्थें,रमेर आमा,लिएर खाजा,मिठो मिठाई
म भुल्न सक्थें कहाँ र आमा,दिई शुभेच्छा गर्‍यौ भलाइ।
. (४)
समस्त खोजौँ परन्तु अर्की,नभेटिने यी,अमूल्य आमा
असाध्य माया दिएर राखे,गृहस्थ बन्ने,सुरम्य धाम
बनेर माली पुजेर आस्था,बस्यौ सवैको,भलो चिताई
म भुल्न सक्थेँ,कहाँ र आमा,दिई शुभेच्छा गर्‍यौ भलाइ ।
. (५)

छन्द – महाब्धि
गण : ज – त – र – र – य – ज – गु – गु
सङ्केत : ISI – SSI – SIS – SIS – ISS – ISI – S -S

वि.सं.२०८३ वैशाख ५ शनिवार ०८:१४ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...