back
CTIZAN AD

लघुकथा : व्यापार

वि.सं.२०८२ पुस ५ शनिवार

1.5K 

shares

मुरारीराज मिश्र
उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं –७

‘अहिले काँक्रा कति छन् हँ तेरो बारीमा ?’, होलसेल व्यापारी प्रकाशले रमेशलाई फोनमा सोध्यो ।

सालाखाला पाँचसय किलो जति होलान् दाइ !

मलाई सबै पठा न त, अस्तिकै मोल दिन्छु !!

अस्तिको मा त घाटा हुन्छ दाइ, लगानी पनि उठ्दैन । अलिकति थप्नु पर्ला है यसपटक !

हेर रमेश, मैैले पनि होला कि भनेर लगानी गर्ने हो ! ढुवानी भाडा तिर्नै प¥यो । कति नै बच्छ र ? तर के गर्ने, आफ्नै मान्छे परिस् । ल ल, भैगो पाँचरूपैयाँ थपीदिएँ । पच्चीस रुपैयाँ किलो भन्दा चाँहि दिन सक्दिन है । दिने भए रुटको त्यै बसमा हालेर पठाईदे, नभए अरुलाई नै बेच्नु !

तपाईंले नलिएको भन्ने थाहापाएपछि अरु कसैले पनि किन्दैनन् । यहाँ बजार छैन, बिक्दैन ! के गर्नु खै ! बारीमा कुहाउनु भन्दा त बरु घाटै सहनु बेस् । हुन्छ दाइ, म पठाईदिन्छु ।

रमेशको कुरा सुनेपछि प्रकाशले तरकारीको थोक ब्यापारीलाई फोन ग¥यो – ल भाइ, काँक्रो आउने भो । बसवालालाई दुईहजार भाडा दिनु र किलोको सयको दरले मेरो खातामा पठाउनु ।

उ फोन राख्दै थियोे, उसकी श्रीमती चीया लिएर फत्फताउँदै कोठामा छिरिन् – हैन, कति मात्रै ठग्न सकेका हुन हँ यी व्यापारीले ! नाथे काँक्रोको मोल पनि दुईसय रुपैयाँ किलो रे बजारमा ।

 

वि.सं.२०८२ पुस ५ शनिवार ०७:४२ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...