back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ पुस ५ शनिवार

1.2K 

shares

प्रमोद नेपाल
वीरगञ्ज हाल- काठमाडौँ

१.
गरौँ श्रीकृष्णको जय
पालनहार पुनः जन्मेर
दुष्टताको गरुन् क्षय !

२.
रहर सँगसँगै हिँड्ने
उडायो अहङ्कारले उनको
सकिएन राम्ररी चिँडने ।

३.
अधोगति विकासको यात्रा
केहीलाई छ सत्रैसत्र
देशमा चारैतिर गाईजात्रा ।

४.
असह्य अभावको मार
विदेशको कठिन यात्रा
जीवनको हुँदैछ हार ।

५.
विकास असारे कच्चा
बजेट सक्याउने मेलो
कहिले बन्लान् सच्चा ?

६.
जनताको पैसामा आहाल
नानीदेखि लागेको बानी
भ्रष्टचारी नेताको ताल ।

७.
सनातनीको लागि चन्दन
नास्तिकलाई ज्ञान कहाँ
रक्षासूत्र हो रक्षाबन्धन ?

८.
आस्थामा खेलवाड गरे
हटाए संविधानको व्यवस्था
आफ्नै आँखाबाट झरे ।

९.
नागहरू छन् बसेका
ढुकुटीमा फण उठाएर
जनताको नजरबाट खसेका ।

१०.
पाउनु सच्चा मित्रता
छ चन्द्रमामा पुग्नुजत्तिकै
चाहिन्छ मनको पवित्रता ।

वि.सं.२०८२ पुस ५ शनिवार ०७:३३ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...