back
CTIZAN AD

कविता : पुरानो कथा

वि.सं.२०८२ पुस ५ शनिवार

1.3K 

shares

भुवन शिवाकोटी चौघरे,काठमाडौँ

तिमीले छोडेको लगन गाँठोमा
खुसी खुसी अरुले नै हात समाएपछि
अब आफै भन न
फलाम जसरी गाँसिएको विश्वास
छुट्टिन्छ कसरी ?

यज्ञशालाको अग्नी साक्षी राखेर
धेरै मान्छेका अगाडि
फेरो लिएको कसम भन्दा पनि विशेष
देह र मनसँगै जोडिएको सम्बन्ध
नाता र दिलको चिनारी
कसरी बदलिन्छ र

यार,
सजिलै त सिसा हो टुक्रने
कमजोर देख्यौ
र छातीमा तिमीले सकेको हथौडा हान्यौ
तर तिम्रा हरेक प्रहारमा यो दिल
फलाम बन्दै गयो
तिमीले ठोकेकै हथौडाको चोट
हात समाउने उसले खप्यो
तिमी जलिरह्यौ

प्रेमको नयाँ अध्यायमा
तिमीले
अपमानित गरेको दिलको नसुक्ने घाउमा
स्पर्शको मलम लगाएर उसले
धन्न
मेरो शिर झुक्न दिएन
म अनुहार देखाएर उभिन सकें
र त
दिल जितेर कसिएको दिलको गठबन्धन फुस्किने
अब कुनै सम्भावना छैन
र यो
माया र मनको गाँठोलाई
धारिलो हतियार काटेर पनि चुँडाउन सक्दैन
खरानी पारेर दिल जलाउन
अब तिमी नै सक्दैनौं

मलाई थाहा छ
तिम्रो अपुरो काहानी पुरा गर्न
बेला बखत तिमीलाई नै चाहिन्छ
सिन्दुर पोखिएको
पोते चुँडिएको
यज्ञशालाको
मेरो पुरानो कथाको पाण्डुलिपी ..

वि.सं.२०८२ पुस ५ शनिवार ०७:३१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...