back
CTIZAN AD

कविता : केही हुन्न असम्भव

वि.सं.२०८२ पुस ५ शनिवार

711 

shares

रामचन्द्र शर्मा,बागलुङ

शिरमा देश आत्मामा भाषा साहित्य बस्तछ ।
सभ्यता रीति संस्कार रक्त सञ्चार गर्दछ ।।

मान्छे स्वार्थी बने चाँडो हट्छ मानवता सदा ।
स्वार्थ त्याग गरेमात्र सत्य भेटिन्छ सर्वदा ।।

झुक्नुमा नम्रता हुन्छ गर्दा कर्तव्य पालना ।
शिर उच्च सदा हुन्छ राष्ट्रभक्ति सवालमा ।।

विद्या हो भित्रको आँखा कर्म बाहिरी लोचन ।
तपस्या मनको शान्ति सेवा मानवको धन ।।।

मातृभूमि बसी सेवा गर्ने बन्दछ सेवक ।
बिना सर्त गरे सेवा मात्रै बन्दछ साधक ।।

मूल स्वच्छ भएमात्र पानी पाइन्छ कञ्चन ।
प्राण भन्दा ठुलो हुन्छ आस्था ज्ञान र दर्शन ।।

धर्म संस्कार छाडेमा बढ्छ विद्वेषको पन ।
प्रतिज्ञा सत्यको गर्दा नासिदैन सुधोपन ।।

कर्म भन्दा ठुलो छैन जिन्दगीको कुनै पथ ।
आफ्नो कर्तव्य सम्झेमा चल्छ जीवनको रथ ।।

हिलामा फूल फक्रिन्छन् हिलै बन्छ सुगन्धित ।
हेर्ने दृष्टि भए स्वच्छ चाँडो हुन्छ प्रभावित ।।

अत्याचार गरे टुट्छ दृढ विश्वासको मन।
कर्मनिष्ठ बनेदेखि बाधाको टुट्छ बन्धन।।

ज्ञान विज्ञान मर्दैन ज्ञाता स्रष्टा मरे पनि।
नगरेमा भलो काम व्यर्थ बित्नेछ जीवनी।।

ब्रह्माको सृष्टिमा उच्च कोटिमा पर्छ मानव ।
दृढ निश्चयले गर्दा केही हुन्न असम्भव ।।

छन्द : अनुष्टुप्

वि.सं.२०८२ पुस ५ शनिवार ०७:२८ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...