back
CTIZAN AD

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

वि.सं.२०८३ वैशाख १० बिहीवार

477 

shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइ बिहीबार स्थगित भएको छ ।

महान्यायाधिवक्ता कार्यालयले सुनुवाइ स्थगित गर्न दिएको निवेदनका आधारमा आजका लागि तय भएको पेसी प्रभावित भएको हो । सर्वोच्च अदालतका न्यायाधीशहरू नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासमा उक्त मुद्दाको पालो परेको थियो ।

यसअघि, मुद्दा संशोधनको निर्णयमाथि सर्वोच्चमा तीनवटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका थिए। उक्त निवेदनहरूमाथि प्रारम्भिक सुनुवाइ गर्दै संयुक्त इजलासका दुई न्यायाधीशहरूले गम्भीर कानुनी प्रश्न विद्यमान रहेको ठहर गरेका थिए। सोही बमोजिम मुद्दालाई तीन सदस्यीय पूर्ण इजलासमा पेस गर्न आदेश दिइएको थियो।

पूर्ण इजलासमा पठाइएपछि सर्वोच्चले बिहीबारका लागि पहिलोपटक सुनुवाइको मिति तय गरेको भए तापनि सरकारी पक्षको अनुरोधमा सुनुवाइ अघि बढ्न सकेन। अब यो मुद्दाको अर्को सुनुवाइ अदालतले पुनः तोक्ने मितिमा हुनेछ।

वि.सं.२०८३ वैशाख १० बिहीवार १३:५० मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...