back
CTIZAN AD

कविता : असन्तोष

वि.सं.२०८२ पुस ५ शनिवार

861 

shares

कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’
बट्टार, नुवाकोट

गरी कर्म उम्दा मिलोस् उच्च श्रद्धा ।
खुसीसाथ बाचौँ भनून् वृद्ध वृद्धा ।।
तृषा धेर पाल्दा दिगो शान्ति गुम्छ।
असन्तोष जाग्यो भने रोग बढ्छ ।।–१

असन्तुष्टिको त्यो नराम्रो छ जालो ।
दशा भोग्नुपर्ला हुँदा सोच कालो ।।
धरा मातृ माटो पुजी रम्नुपर्छ ।
असन्तोष जाग्यो भने दोष बढ्छ ।।–२

यहाँ गेह रुङ्छन् कठै बाबुआमा ।
भजून् कृष्ण राधा रमून् यो धरामा ।।
वधू पुत्र आफ्नै भला ठान्नुपर्छ ।
असन्तोष जाग्यो भने भाग्य टुट्छ ।।–३

सियाराम हाम्रा भजौँ दाहिना हुन् ।
पितादेव माता पुजौँ माथमा छन् ।।
घटी सोच तृष्णा घृणा छोड्नुपर्छ ।
असन्तोष जाग्यो भने कष्ट बढ्छ।।–४

दिएनन् बुबाले मुमाले नभन्नू ।
कठै वृद्ध वृद्धा उपेक्षा नगर्नू ।।
यिनै पाखुरीले रमौँ भन्नुपर्छ ।
असन्तोष जाग्यो भने भ्रान्ति मिल्छ ।।–५

छन्द : भुजङ्गप्रयात
गणः य य य य
सङ्केतः ISS    ISS     ISS     ISS
विश्राम :६/६ (६ र १२ अक्षर) मा

वि.सं.२०८२ पुस ५ शनिवार ०७:१७ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...