back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८३ वैशाख ५ शनिवार

927 

shares

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ

१.
जस्तो रोप्दछौँ उस्तै
हामीले यस धर्तीमा
पाउछौँ फल दुरुस्तै।

२.
अरूको कुभलो सोच्न
छोडौँ अब आजैदेखि
वचनको सियोले घोच्न।

३.
यत्तिँकै मुक्का हान्न
छोडिदेऊँ हजुर यहाँ
सोझोको खुट्टा तान्न।

४.
हुनुपर्दछ सबैलाई बोध
कर्तव्य होइन हाम्रो
विरोधका लागि विरोध ।

५.
राम्रो नराम्रोको कसीमा
हरकुरा राखेर हेरौँ
आलोचना गरौँ दसीमा ।

६.
पूर्वाग्रह राखेर धेरै
हतार नगरौँ बोल्न
अशुभ कुरा जतिखेरै ।

७.
नभनौँ आफ्नो बिरानो
सही मूल्याङ्कन गरौँ
नछुट्याई ठूलो, सानो ।

८.
जहिल्यै कुरा टार्ने
होइन बानी राम्रो
अरूको भाग मार्ने ।

९.
आचीको बास्ना अत्तर
आफ्नाको हो भने
अरूको अमृतै फोहर ।

१०.
खाली कुरा काटेर
कतिन्जेल बस्छौ तिमी
निर्धा सोझा ढाँटेर ।

वि.सं.२०८३ वैशाख ५ शनिवार ०८:२० मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...