काठमाडाैँ । नीलकण्ठ तिवारीद्धारा लिखित ‘भोट हालौ यो पटक तारामा ’ नामक गीत सार्वजनिक भएको छ ।
बृहद एकता शन्देश सभाका अवसरमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्प कमल दाहाल प्रचण्डद्धारा सो गीत सार्वजनिक भएको हो । नेपाली कम्युनिष्ट पार्टीको एकता महाधिवेशन आयोजक सदस्य तथा नेपाल बुद्धिजीवी संगठनका वरिष्ठ उपाध्यक्ष नीलकण्ठ तिवारीले देशको राजनैतिक संक्रमण तथा समाजवादीहरुको एकतामा आधारीत गीत बनाएको नेपाल बुद्धिजीवी संगठन वागमतीका अध्यक्ष बसुराम रिजालले जनाएका छन ।
‘एकताको सन्देस छ सारामा, भोटहालौ, यो पटक तारामा’ भनेर शुरु भएको सो गीतमा चुनावमा आउने दलहरुले रंगिचंगी भेष र थरीथरी नारा बनाएर झुक्याउने गरेको हुदा निष्ठा जाचेर मतको सदुपयोग गर्दा नै देश बनाउने काममा जनताको बिश्वास बढ्ने कुरा उल्लेख छ ।
युगौयुग अमर रहने बलिदानीका किर्ती र कथा तथा कहिल्यै नमेटीने अजर सौर्यलाई स्मरण गर्दै जनयुद्ध र जनआन्दोलनबाटै गणतन्त्र आएको तथा पालिका र वडाहरुमा अधिकार पुगेको समावेश छ ।
आत्मालोचना सहितको बृहद एकतामा देशको मुख्य समाजवादी शक्ति नेपाली कम्युनिष्ट पार्टी जनताको बिचमा आएको हुदा तारालाई विश्वास गर्न अनुरोध गरिएको छ ।
सत्ता संचालकहरुमा भएका घमण्ड, दभ र अहंकारले तथा त्यसले पैदा गरेको हेपाई र पेलाईले जेन्जी बिद्रोह चटयांगका रुपमा आएको उल्लेख छ ।
विगतका कमजोरी र गल्तीलाई पाठ बनाएर मानवताको उत्थानमा लाग्न एवं समृद्धिको कुरा गफ नबनाएर ब्यबहारमै गाथा थप्ने र समाजवादी बाटो पराकिलो पार्ने संकल्प गीतमा अभिब्यक्त छ ।
सो गीतमा संगीत, एरेन्ज र मिक्सींग बिजय थापाको रहेको छ भने स्वर दिने गायकहरु नविन खड्का, केशरी घर्ति (एलिना) रहेका छन ।
गीतको प्रकाशक नेपाल बुद्धिजीवी संगठन बाग्मती प्रदेश समिति रहेको छ । गीतको आधिकारीक लिंक रहेको बताईएको छ ।

वि.सं.२०८२ पुस ७ सोमवार १८:०१ मा प्रकाशित






















