back
CTIZAN AD

रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्यसमिति

वि.सं.२०८२ पुस ८ मंगलवार

2.8K 

shares

नैरोबी, केन्या । केन्याको राजधानी नैरोबीमा सम्पन्न गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद केन्याको सातौ राष्ट्रिय महाधिबेसन सम्पन्न भएको छ ।

सो महाधिवेशनले यज्ञमणी (भरत) रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । साथै परिषद्को वरिष्ठ उपाध्यक्षमा प्रभाकर भण्डारी, महिला उपाध्यक्षमा कल्याणी काफ्ले, उपाध्यक्षमा बिष्णु भुषाल, महासचिवमा दिपक अधिकारी, सचिवमा किशन राउत कोषाध्यक्षमा कमलराज अधिकारी, महिला संयोजकमा कविता अधिकारी, युवा संयोजकमा सुर्य श्रेष्ठ सहित उन्नाइस सदस्य रहेको नयाँ कार्यसमिती दुई बर्षको लागि चयन गरेको छ ।

त्यसैगरी परिषद्को संरक्षकमा कुलबहादुर कार्की, कृष्ण दत्त भट्ट, यादव काफ्ले र कृष्ण प्रसाद गैरे चयन भएका छन् भने सल्लाहाकार समितीमा निवर्तमान अध्यक्ष शिवलाल अधिकारी, कृष्ण प्रसाद भण्डारी, लक्ष्मण गैरे, लक्ष्मी बुलुन, मान बहादुर कामी चयन भएका छन् ।
नयाँ कार्यसमितिका सदस्यहरुमा पिताम्बर पाण्डे, सन्तोष कंडेल, आकृति खनाल, जोग मेहता, मदन श्रेष्ठ (हिमाल), जगन्नाथ रेग्मी, सबिता महर्जन, जेनि सुब्बा, अभिमन्यु कुमार सिंह, मदन श्रेष्ठ र अर्जुन भण्डारी सर्वसम्मतिले चयन भएका छन् ।

संघका अध्यक्ष शिवलाल अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सस्थापक अध्यक्ष कुल बहादुर कार्की, प्रमुख निर्वाचन अधिकृत कृष्ण प्रसाद गैरे, अफ्रिका क्षेत्रीय संयोजक कृष्णदत्त भट्ट र प्रमुख अतिथि लक्ष्मण गैरेले नयाँ निर्वाचित कार्य समितिलाई शुभकामना ब्यक्त गरेका थिए ।
साधारणसभामा संघको बार्षिक प्रतिबेदन शिव अधिकारी र आर्थिक बिवरण दिपक अधिकारीले प्रस्तुत गरेका थिए ।
कविहरु गङ्गा बस्याल रेग्मी र कुल कार्कीले कविता वाचन गरेको साधारणसभामा सहभागी हुन केन्यामा रहेका नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रेग्मीले आगामी कार्यकाल सफल बनाउन सबैले हातेमालो गर्दै नयाँ कार्यसमितिलाइ निरन्तर अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

वि.सं.२०८२ पुस ८ मंगलवार १६:४५ मा प्रकाशित

भदौ २४ को हिंसात्मक घटनाका प्रायोजकमाथि कारबाही गर्न गोकुल बास्कोटाको माग

भदौ २४ को हिंसात्मक घटनाका प्रायोजकमाथि कारबाही गर्न गोकुल बास्कोटाको माग

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले...

गणेश यादवका परिवारसँग आठबुँदे सहमति

गणेश यादवका परिवारसँग आठबुँदे सहमति

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्युु...

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौँ । ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा सङ्लग्न...

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...