back

पोखरेबगर-घोडेपानी सडक स्तरोन्नति सुरु

वि.सं.२०८२ पुस ८ मंगलवार

156 

shares

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति थालिएको छ ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरी पोखरेबगर–घार–चित्रे सडक स्तरोन्नति थालेको हो । यो पोखरा देखि मुस्ताङ जोड्ने वैकल्पिक सडक पनि हो । अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले घारको बिरौटा चोक देखि भुन्या खण्डमा ढलान गर्न थालिएको जानकारी दिए । उनले भने, “सडक ढलान भएपछि घोडेपानी–पुनहिल घुम्न आउने पर्यटकलाई पनि सहज हुनेछ ।”

२१ किलोमिटर दुरीको यो सडकअन्तर्गत चित्रे–घोडेपानी खण्डको तीन किलोमिटर फराकिलो पार्ने, नाली र टेवा पर्खाल बनाएर स्तरोन्नति गर्ने जनाइएको छ । पोखरेबगर–बिरौटा खण्डको कुरमुनी र लुलिया घुम्तीको पहिरो प्रभावित क्षेत्रमा पहिरो रोकथाम र सडक स्तरोन्नति गर्न संघीय सरकारले चालु आर्थिक वर्षमा रु तीन करोड बिनियोजन गरेको छ ।

 

 

 

वि.सं.२०८२ पुस ८ मंगलवार १२:१७ मा प्रकाशित

Himalayan Life AD
नवलपुरमा स्वरोजगार कोषको लगानीको स्थलगत अनुगमन

नवलपुरमा स्वरोजगार कोषको लगानीको स्थलगत अनुगमन

कावासोती । नेपाल सरकारको युवा तथा खेलकूद मन्त्रालय अन्तर्गत सञ्चालित...

नेपालीहरुको कण्डम मोह, पाँच महिनामा भित्रियो एक करोड २८ लाख थान कण्डम

नेपालीहरुको कण्डम मोह, पाँच महिनामा भित्रियो एक करोड २८ लाख थान कण्डम

काठमाडौं । नेपालीहरुको कण्डम मोह बढेको पाईएको छ । भन्सार...

उच्चस्तरीय संवाद समितिद्वारा रास्वपासँग छलफल

उच्चस्तरीय संवाद समितिद्वारा रास्वपासँग छलफल

काठमाडौँ । सरकारको उच्चस्तरीय राजनीतिक संवाद समितिको टोलीले राष्ट्रिय स्वतन्त्र...

प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै दायर भएको...

छ वटा राजनीतिक दल खारेज

छ वटा राजनीतिक दल खारेज

काठमाडौ । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक...

राखेपको १२४औँ बोर्ड बैठक सम्पन्न, राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१, पारित

राखेपको १२४औँ बोर्ड बैठक सम्पन्न, राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१, पारित

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा राष्ट्रिय खेलकुद...