back
CTIZAN AD

नेपालीहरुको कण्डम मोह, पाँच महिनामा भित्रियो एक करोड २८ लाख थान कण्डम

वि.सं.२०८२ पुस ९ बुधवार

1.4K 

shares

काठमाडौं । नेपालीहरुको कण्डम मोह बढेको पाईएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा झण्डै १० करोड रुपैंयाँ बराबरको करिब एक करोड २८ लाख थान कण्डम नेपाल भित्रिएको हो ।
परिवार नियोजनका लागि पुरुष तथा महिलालले प्रयोगगर्ने अस्थाई साधन कण्डम भारतलगायतका देशहरुबाट आयत भएको विभागको तथ्याङ्क छ । गतबर्ष सोही अवधिमा झण्डै १० करोड ५५ लाख रुपैंंयाँ बराबरको करिब एक करोड ५८ लाख थान कण्डम नेपाल भित्रिएको तथ्याङ्क छ । गत वर्षको भन्दा यो वर्ष कण्डम आयत भने कम हो ।

कण्डम प्रकृतिक वनस्पतीको रबरबाट निर्मित परिवार नियोजनको अस्थायी साधन हो । नेपालमा रबर खेतीको प्रसस्त सम्भावन हुँदा हुदै पनि फितलो सरकारी नीतिले गर्दा रबरबाट उत्पादन हुन सक्ने परिवार नियोजनका साधनलगायत स्वास्थ्यसँग सम्बन्धित सामाग्रीहरु आयत गर्दा वर्षेनी अरबौं रुपैंयाँ बाहिरिने गरेको छ ।

कुन देश बाट कति आयत ?

नेपालले भारत, चिन, मलेसिया थाइलैण्डलगायतका देशबाट कण्डम आयत गर्नेगरेको तथ्याङ्क छ ।

नेपालमा परिवार नियोजनका साधनअन्तर्गत कण्डमको आयातमा भारतको हिस्सा सबैभन्दा ठूलो देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालले विभिन्न देशबाट करिब एक करोड २८ लाख थान कण्डम आयात गरेको छ ।

विभागको तथ्यांक अनुसार भारतबाट मात्रै करिब एक करोड २५ लाख थान कण्डम आयात गरिएको छ । भारतबाट आयात गरिएको कण्डमको भन्सार मूल्य ९ करोड ४४ लाख रुपैयाँ छ, जुन कुल आयात मूल्यको ठूलो हिस्सा हो ।

त्यसैगरी चीनबाट करिब ३३ हजार थान कण्डम आयात भएको छ । चीनपछि मलेसिया र थाइल्याण्ड प्रमुख आपूर्तिकर्ता देशका रूपमा देखिएका छन्। मलेसियाबाट एक लाख ४६ हजार र थाइल्याण्डबाट एक लाख थान कण्डम नेपाल भित्रिएको छ ।

जापान, दक्षिण कोरिया र अस्ट्रेलियाबाट भने तुलनात्मक रूपमा कम मात्रामा कण्डम आयात भएको छ। यी देशबाट आयात गरिएका कण्डमको मात्रा थोरै भए पनि विशेष प्रयोजन तथा निश्चित ब्रान्डका उत्पादनहरू समेटिएको बताइन्छ ।

भन्सार विभागका अनुसार परिवार नियोजनका साधन जनस्वास्थ्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकाले कण्डममा भन्सार दर न्यून राखिएको छ। पछिल्लो समय सुरक्षित यौन व्यवहारप्रति बढ्दो चेतना, जनसंख्या नियन्त्रण नीति तथा स्वास्थ्य कार्यक्रमका कारण कण्डमको माग बढ्दै गएको सरोकारवालाहरू बताउँछन् ।

नोट: परिवार नियोजनका साधन जनस्वास्थ्यसँग सम्बन्धित भएकाले कर छुट, दातृ सहयोग तथा थोक आयातका कारण भन्सार मूल्य न्यून देखिएको हो।

वि.सं.२०८२ पुस ९ बुधवार १८:१८ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...