back
CTIZAN AD

नवलपुरमा स्वरोजगार कोषको लगानीको स्थलगत अनुगमन

वि.सं.२०८२ पुस ९ बुधवार

1.5K 

shares

कावासोती । नेपाल सरकारको युवा तथा खेलकूद मन्त्रालय अन्तर्गत सञ्चालित युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले नवलपुर जिल्लामा सहकारीमार्फत प्रदान गरिएको स्वरोजगार कर्जा तथा लगानीको स्थलगत अनुगमन गरेको छ। अनुगमनको उद्देश्य युवा उद्यमी तथा सहकारी संस्थाले गरेको लगानीको अवस्था, प्रभाव र प्रगति बुझ्दै दोस्रो किस्ताको कर्जा सिफारिस गर्नु रहेको कोषले जनाएको छ।

नवलपुर जिल्लाका देवचुली, कावासोती, मध्यविन्दु र हुप्सेकोट गाउँपालिकामा क्रियाशील १० वटा सहकारी संस्थामार्फत पहिलो चरणमा ११८ जना युवा उद्यमीलाई ५० हजारदेखि २ लाख रुपैयाँसम्मको लगानी गरिएको छ। यसअघि सहकारीमार्फत ९८१ जना युवालाई करिब १४ करोड ७६ लाख रुपैयाँ लगानी भइसकेको जानकारी कर्जा असुली समिति नवलपुरका सदस्य सचिव प्रितम भुजेलले दिए। उनका अनुसार उक्त लगानीले जिल्लाका युवालाई स्वरोजगारतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

अनुगमनका क्रममा सहकारीहरूले कृषि, पशुपालन, होटल, सेवामूलक व्यवसाय, होमस्टे लगायतका क्षेत्रमा कर्जा प्रवाह गरेको पाइएको छ। लक्षित वर्गका युवाहरूले स्वरोजगार कोषको सहयोगमा व्यवसाय सुरु गरी आत्मनिर्भर बन्न पाएको भन्दै सन्तुष्टि व्यक्त गरेका छन्।

युवा उद्यमीहरूले कोषबाट प्राप्त रकमले व्यवसाय विस्तार र प्रवर्द्धनमा ठूलो सहयोग पुगेको उल्लेख गर्दै यसले आफूहरूलाई उद्यमशील बन्न थप हौसला दिएको बताएका छन्। साथै, उनीहरूले लगानी रकम बढाउनुपर्ने, व्याज तथा अनुदान समयमै फिर्ता गर्नुपर्ने र बीमा दाबी प्रक्रिया अझ सरल र छिटो बनाउनुपर्ने सुझाव दिएका छन्।

अनुगमन कार्यक्रममा कर्जा असुली समिति नवलपुरका सदस्य सचिव प्रितम भुजेल, कोष सचिवालयका असुली शाखा प्रमुख कस्मिक बुढा, अनुगमन अधिकृत राजेश के.सी., सम्बन्धित सहकारीका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। अनुगमन कावासोती बहुउद्देश्यीय सहकारी संघ लि. र नवज्योति महिला बचत तथा ऋण सहकारी संघ लि.बाट सुरु गरिएको हो, जुन पौष ११ गतेसम्म जिल्लाका विभिन्न स्थानमा निरन्तर चल्ने जनाइएको छ।

स्वरोजगार कोषमार्फत नवलपरासी क्षेत्रमा दर्जनौं बैंक तथा वित्तीय संस्था र ३७ वटा सहकारीले पहिलो, दोस्रो र तेस्रो चरणमा करिब दुई हजार युवालाई स्वरोजगार उद्यम सञ्चालनका लागि सहयोग पुर्‍याएका छन्। यसले जिल्लामा युवा उद्यमशीलता र आत्मनिर्भरता अभिवृद्धि गर्न उल्लेखनीय भूमिका खेलेको सरोकारवालाहरूले बताएका छन्।

वि.सं.२०८२ पुस ९ बुधवार २०:१८ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...