back
CTIZAN AD

उच्चस्तरीय संवाद समितिद्वारा रास्वपासँग छलफल

वि.सं.२०८२ पुस ९ बुधवार

546 

shares

काठमाडौँ । सरकारको उच्चस्तरीय राजनीतिक संवाद समितिको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग छलफल गरेको छ ।

समितिले आज दिउँसो रास्वपाको केन्द्रीय कार्यालय, वनस्थली पुगेर छलफल गरेको हो । छलफलमा संवाद समितिका संयोजक तथा कानुनमन्त्री अनिल सिन्हा, सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल तथा प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनालको उपस्थिति थियो ।

रास्वपाका तर्फबाट उपसभापति डिपी अर्याल, डा स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य र प्रवक्ता मनिष झासहित अन्य केन्द्रीय सदस्यहरू सहभागी थिए ।

कानुनमन्त्री सिन्हाले आगामी फागनु २१ गतेको निर्वाचनका लागि सरकारकातर्फबाट भएका तयारीबारे रास्वपालाई अवगत गराइएको जानकारी दिए । रास्वपासँगको छलफलपछि सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले रास्वपाबाट निर्वाचनबाहेक अन्य विकल्पबारे कुनै शङ्का नरहेको र सुरक्षा तथा समय व्यवस्थापनका विषयमा मात्र केही जिज्ञासा उठेको बताए ।

उनले राजनीतिक दलहरूसँग कार्यालयमै पुगेर छलफल गर्न सरकारलाई प्राप्त म्यान्डेटअनुसार अघि बढेको उल्लेख गर्दै यसले निर्वाचनको वातावरण निर्माण भइरहेको राय व्यक्त गरे ।

सञ्चारमन्त्री खरेलले रास्वपाले निर्वाचनमा सहभागी हुने स्पष्ट सन्देश दिएको बताउँदै धन्यवाद व्यक्त गरे । उनले रास्वपाका सभापति रवि लामिछानेले पदाधिकारीमार्फत सरकारको निर्वाचन तयारीको उच्च प्रशंसा गरेको सन्देश प्राप्त भएकाप्रति कृतज्ञता व्यक्त गरे ।

समितिले निर्वाचनको वातावरण निर्माण गर्न स्वयं सरकार नै दलहरुसमक्ष पुगिरहेको जनाएको छ । रास्वपाका प्रवक्ता मनिष झाले समितिसँगको छलफल उत्साहजनक भएको प्रतिक्रिया दिए ।

वि.सं.२०८२ पुस ९ बुधवार १८:०९ मा प्रकाशित

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

बेनी । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जाको पाकिस्तानस्थित ८,०५१...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

मनसुन विपद्ः बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

मनसुन विपद्ः बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

काठमाडौँ । मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको...

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि…

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि…

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...