back

त्रियुगा क्षेत्रका १२ घरमा हात्तीद्वारा क्षति

वि.सं.२०८२ पुस १० बिहीवार

207 

shares

गाईघाट (उदयपुर) । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा क्षति पु¥याएको छ । आइतबारदेखि गएरातिसम्म त्रियुगा–५ बागचौरी, त्रियुगा–६ मोहनपुर र लालपता, त्रियुगा–७ चुहाडेबेलौरी क्षेत्रमा रातिको समयमा हात्ती गाउँमा प्रवेश गरेर १२ भन्दा बढी घरमा क्षति पु¥याएको हो ।

सोमबार रातिमात्र करिब ७० जतिको समूहमा आएका हात्तीले नगरका वृहस्पती सदा, विष्णु भुजेल, मोहन कार्की, रुद्र पोखेरेललगायत स्थानीयको घर भत्काएको विष्णु भुजेलले जानकारी दिए ।

मङ्गलबार राति समूहमा आएका हात्तीले वडा नं ६ मोहनपुरका बिन्दा कार्की, राज कार्कीलगायत स्थानीयको घरमा क्षति पु¥याएको स्थानीयले बताएका छन् । वडा नं ६ को लालपता र वडा नं १ को जोगीदह क्षेत्रमा हात्तीले घरमा राखिएको अन्न खानुका साथै घर भत्काएर क्षति पु¥याएको स्थानीय देवीलाल चौधरीले बताए ।

रातिको समयमा ७०–७५ जतिको समूहमा हात्ती आउने, गाउँमा प्रवेश गरी अन्न खाने, घर भत्काउनेलगायत उपद्रो गर्न थालेपछि सुरक्षाका लागि स्थानीय राति आगो तापेर बस्न थालेका त्रियुगा–६ मोहनपुरका कृष्ण कार्कीले बताए । “कतिपय स्थानीयको घर पूर्ण रूपमा क्षति भएका छन् घने कतिपयका आंशिक क्षति भएका र भत्किएका छन”, उनले भने ।

हात्ती गाउँमा प्रवेश गरेर उपद्रो गर्न थालेपछि जिल्ला प्रहरी कार्यालयले रातिको समयमा सावधानी अपनाउन, सुरक्षित स्थानमा समूह बनाएर बस्न स्थानीयलाई आग्रह गरेको छ ।

प्रहरीले ‘माइकिङ’ गरी स्थानीयलाई सचेत भई आवश्यक सावधानी अपनाउन आग्रह गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईंले बताए । “हात्तीलाई तर्साएर भगाउन मात्र सकिने भएकाले समूहमा बसेर हात्ती भगाउन आग्रह गरिरहेका छौँ । प्रहरीले पनि स्थानीयसँगको समन्वयमा गाउँमा हात्ती प्रवेश गर्न नदिन रातिको समयमा गस्ती गर्ने योजना बनाएको छ”, उनले भने ।

वि.सं.२०८२ पुस १० बिहीवार १२:२५ मा प्रकाशित

Himalayan Life AD
आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन तथा...

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

काठमाडाैँ ।  ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

काठमाडाैँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा...

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न...

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा बुधबार...