back

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

वि.सं.२०८२ पुस ११ शुक्रवार

207 

shares

नर्वे ।  नेपाली समाज पोर्चुगल–नर्वेको सातौँ अधिवेशनले प्रेम बहादुर परियारको अध्यक्षतामा २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

डिसेम्बर २५, २०२५ का दिन ओस्लोस्थित नेपाली हाउस नेपाली रेस्टुरेन्टमा सम्पन्न अधिवेशनले नवगठित कार्यसमितिमा उपाध्यक्षका रूपमा महेन्द्र खड्का, सम्झना शर्मा बराल र जीवन भट्टराई चयन भएका छन् ।

महासचिवमा प्रवर्ता पन्थी गैह्रे,सचिवमा नारायण सुवेदी र कोषाध्यक्षमा युवराज खनाल, युवा संयोजकमा मदन कँडेल र महिला संयोजकमा निर्मला सापकोटा ‘निरु’ चयन भएकी छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरूमा जीवनहरी काफ्ले, प्रकाश काफ्ले, एम। कुमार लिम्बु, सुरज श्रेष्ठ, शालिकराम ढुंगाना, राम बहादुर पुन, सिम बहादुर गुरुङ, ओमकार थापा, पुष्पा तामाङ, धन बहादुर तामाङ, भेषराज सापकोटा र रबिन उपाध्याय चयन भएका छन् ।

नवनियुक्त अध्यक्ष परियारले शुभकामना मन्तव्य दिँदै नेपाली समाज पोर्चुगल सामाजिक संस्था भएकाले राजनीतिलाई संस्थाको दायराबाहिर राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले प्रवासमा रहे पनि जन्मभूमिलाई कहिल्यै नबिर्सने बताउँदै देशलाई अप्ठेरो परेको बेला आपसी सहयोगमार्फत योगदान दिँदै आएको उल्लेख गरे। “२५÷२७ कार्यकालका लागि हामीलाई दिएको जिम्मेवारीप्रति सबैप्रति धन्यवाद व्यक्त गरेका छन् । विगतभन्दा फरक र समाजले देख्ने तथा महसुस गर्ने खालका काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” उनले भने ।

अधिवेशनकी प्रमुख अतिथि एनआरएनए नर्वेकी अध्यक्ष श्रद्धा सिंह थापाले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै नेपाली समाज पोर्चुगल–नर्वेले अझ प्रभावकारी रूपमा काम गर्ने विश्वास व्यक्त गरिन् ।

अधिवेशनमा नर्वेमा रहेका पोर्चुगलबासी नेपालीहरू तथा विभिन्न नेपाली संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । निर्वाचन समितिका अनुसार हाल नेपाली समाज पोर्चुगल ९नेपोज० मा करिब १९२ जना साधारण सदस्य रहेका छन् ।

 

वि.सं.२०८२ पुस ११ शुक्रवार ०८:२२ मा प्रकाशित

Himalayan Life AD
एनएमबि बैंक लिमिटेडलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ (ईन्टरप्राईज क्षेत्र) प्रदान

एनएमबि बैंक लिमिटेडलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ (ईन्टरप्राईज क्षेत्र) प्रदान

काठमाडाैँ । एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह...

आज पनि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा कारोबार हुदैँ छ ?

आज पनि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा कारोबार हुदैँ छ ?

काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार...

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर...

डा. मित्र परियार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

डा. मित्र परियार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं । हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीका उपाध्यक्ष...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा...