back
CTIZAN AD

अनौपचारिक तथा स्वरोजगार श्रमिकका लागि राष्ट्रिय सामाजिक सुरक्षा अभियानमा फेदीखोलाको अभ्यास देशकै नमुना

वि.सं.२०८२ पुस ११ शुक्रवार

1.1K 

shares

स्याङ्जा । सामाजिक सुरक्षा कोष (SSF) र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) नेपालद्वारा संयुक्त रूपमा, युरोपियन युनियन (EU) को सहयोगमा आयोजना गरिएको ‘अनौपचारिक तथा स्वरोजगार श्रमिकका लागि राष्ट्रिय सामाजिक सुरक्षा अभियान’ कार्यक्रम मिती २०८२/०९/०९ गते सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन सत्र माननीय राजेन्द्र सिंह भण्डारी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उद्घाटन सत्रमा बोल्दै मन्त्री भण्डारीले अनौपचारिक तथा स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्नु सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गरे । उनले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयबाट मात्रै सामाजिक सुरक्षाको दायरा विस्तार गर्न सकिने धारणा राखे ।

कार्यक्रममा ILO नेपालका देश निर्देशक नुमान ओज्कानले नेपालमा सामाजिक सुरक्षा प्रणालीलाई समावेशी बनाउने दिशामा हालसम्म भएका प्रगतिबारे जानकारी गराउँदै अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई कोषमा समेट्न यस्ता अभियानहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए। त्यस्तै, नेपालका लागि युरोपियन युनियनका सहकार्य प्रमुख जोसे–लुइस भिनुएसा–सान्तामारियाले श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चितताका लागि युरोपियन युनियन निरन्तर सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर सहित संघीय सरकार, प्रदेश सरकार तथा देशभरिका स्थानीय तहका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सो अवसरमा देशभरिका स्थानीय तहहरूको तर्फबाट प्रतिनिधित्व गर्दै फेदीखोला गाउँपालिका, स्याङ्जाका अध्यक्ष घनश्याम सुवेदीले गाउँपालिकाले सामाजिक सुरक्षा क्षेत्रमा अवलम्बन गरेका नवीन तथा प्रभावकारी अभ्यासहरू प्रस्तुत गरेकाे जनाए। उनले अनौपचारिक क्षेत्रका श्रमिकहरूको आर्थिक तथा सामाजिक सुरक्षाका लागि स्थानीय तहले खेलेको भूमिकाबारे विस्तृत रूपमा जानकारी गराए ।

अध्यक्ष सुवेदीका अनुसार फेदीखोला गाउँपालिकाले २०७७ सालदेखि अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई लक्षित गर्दै ‘मजदुर सञ्चित कोष’ को अवधारणा ल्याई कार्यक्रम कार्यान्वयन गर्दै आएको छ। उक्त कार्यक्रममार्फत गाउँपालिकाभित्र कार्यरत मजदुर तथा श्रमिकहरूलाई संगठित गर्दै बचत र सामाजिक सुरक्षाको पहुँचमा ल्याउने प्रयास गरिएको हो।

यसै कार्यक्रमको निरन्तरताका रूपमा २०८० असार २७ गते सामाजिक सुरक्षा कोषसँग द्विपक्षीय सम्झौता गरी मजदुर सञ्चित कोषमा आवद्ध श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइएको उनले जानकारी दिए। यस पहलमार्फत फेदीखोला गाउँपालिका देशकै पहिलो स्थानीय तह बन्न सफल भएको छ, जसले अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई संस्थागत सामाजिक सुरक्षा प्रणालीमा समेट्ने महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले फेदीखोला गाउँपालिकाको यस अभ्यासलाई अन्य स्थानीय तहहरूले पनि अनुसरण गर्न सक्ने नमुना अभ्यासका रूपमा उल्लेख गर्दै यसको विस्तारका लागि नीति, बजेट तथा प्राविधिक सहयोग आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा आयोजक संस्थाहरूले अनौपचारिक तथा स्वरोजगार श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चितताका लागि यस्ता अभियानहरूलाई आगामी दिनमा अझ सशक्त र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।

 

वि.सं.२०८२ पुस ११ शुक्रवार ११:०२ मा प्रकाशित

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

काठमाडौं। केडिया ग्रुपको आयोजनामा नेपालमै पहिलोपटक सञ्चालन हुन लागेको पुरुष...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

काठमाडौँ | एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल...

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडाैँ । २१३ औँ भानुजयन्तिको अवसरमा काठमाडौं वल्ड स्कुल ,गुण्डु...

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...