back
CTIZAN AD

डा. मित्र परियार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

वि.सं.२०८२ पुस ११ शुक्रवार

1.3K 

shares

काठमाडौं । हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा आबद्ध भएका छन्।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हात्तीवनस्थित आफ्नै निवासमा आयोजित भेटघाटका क्रममा डा. परियारलाई पार्टीमा स्वागत गरेका हुन्।

गत ५ पुसमा बुटवलमा आयोजित कार्यक्रममा आयोजकप्रति अनुचित व्यवहार भएको भन्दै पार्टी अध्यक्ष साम्पाङले उपाध्यक्ष परियारमाथि कारबाही गरेको विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।

पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले डा. परियारजस्तो बौद्धिक तथा प्राज्ञिक व्यक्तित्वलाई नेकपामा स्वागत गर्न पाउनु खुशीको विषय भएको उल्लेख गरे।

यस अवसरमा डा. परियारले जनयुद्धदेखि गणतन्त्र स्थापनासम्म प्रचण्डले खेलेको भूमिकाबाट आफू प्रेरित भएको बताए। नेकपामा आबद्ध भएपछि दलित मुक्ति आन्दोलनलाई नयाँ चरणमा पुर्‍याउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

 

वि.सं.२०८२ पुस ११ शुक्रवार ११:१६ मा प्रकाशित

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुर । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...