back
CTIZAN AD

आगामी निर्वाचनमा उम्मेदवार नबन्ने पम्फा भुसालको घोषणा

वि.सं.२०८२ पुस १३ आइतवार

915 

shares

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम्मेदवार नबन्ने निर्णय सार्वजनिक गरेकी छन्। ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका रूपमा आएको प्रस्ताव आफूले स्वीकार नगरेको जानकारी दिँदै उनले प्रस्ताव गर्ने सबै साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेकी छन्।

तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी एक्ली महिला उम्मेदवार रहेको उल्लेख गर्दै नेतृ भुसालले काठमाडौं उपत्यकाजस्तो जटिल निर्वाचन क्षेत्रमा उठेर जित्नु फलामको चिउरा चपाउनुजस्तै कठिन रहेको अनुभव स्मरण गराएकी छन्। आफूले यसअघि नै दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको र पटक–पटक मन्त्री भएर काम गर्ने अवसर पाइसकेको भन्दै अब त्यो राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्ने निष्कर्षमा पुगेको उनको भनाइ छ।

आगामी निर्वाचनमा उम्मेदवार बन्नेबारे देशभरिका कार्यकर्ता र शुभेच्छुकबाट जिज्ञासा आइरहे पनि यसपटक प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रक्रियाबाट बाहिर बस्ने निर्णय लिएको नेतृ भुसालले स्पष्ट पारिन्। बरु पार्टीले उठाएका उम्मेदवारहरूलाई जिताउन आफू सक्रिय भूमिकामा रहने उनको प्रतिबद्धता छ।

साथै, अहिलेसम्म अवसर नपाएका तर सक्षम, प्रतिबद्ध र ऊर्जाशील युवाहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै प्रक्रियाबाट अगाडि ल्याइनुपर्नेमा उनले जोड दिएकी छन्। अपवाद बाहेक यसपटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयुक्त हुने उनको धारणा रहेको छ।

नेतृ भुसालको यो विचारलाई पार्टीभित्र नेतृत्व हस्तान्तरण, अनुभवको संस्थागत उपयोग र नयाँ पुस्तालाई अवसर दिनुपर्ने सन्देशका रूपमा हेरिएको छ।

 

वि.सं.२०८२ पुस १३ आइतवार १३:४० मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...