back
CTIZAN AD

पाँच महिनामा सक्रिय जीवन बीमामा रिलायबल नेपाल अग्रस्थानमा

वि.सं.२०८२ पुस १४ सोमवार

996 

shares

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा देशभर सक्रिय जीवन बीमाको संख्याका आधारमा रिलायबल नेपाल इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । उपलब्ध तथ्यांकअनुसार रिलायबल नेपालको सक्रिय जीवन बीमा २४ लाख २९ हजार ३ सय ३७ पुगेको छ ।

दोस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाईफको सक्रिय जीवन बीमा १७ लाख ९० हजार ८५ रहेको छ । त्यस्तै, तेस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ, जसको सक्रिय जीवन बीमा १३ लाख ४५ हजार ७ सय ८८ रहेको छ । नेपालमा हाल १४ जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन् ।

देशभर सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा कम सक्रिय जीवन बीमा प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सको रहेको छ । याे कम्पनीको सक्रिय जीवन बीमा २ लाख ४९ हजार ४ सय ६३ मात्र रहेको तथ्यांकले देखाएको छ ।

बीमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, बीमा सचेतना तथा सेवाको पहुँच विस्तारसँगै सक्रिय जीवन बीमाको अवस्था कम्पनीअनुसार फरक–फरक देखिएको हुने गरेको छ । यद्यपी कूल आम्दानीको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी एक नम्बरमा हुँदा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दास्रो नम्बरमा छ ।

वि.सं.२०८२ पुस १४ सोमवार १३:१७ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...