back
CTIZAN AD

गणतन्त्रका पिता र जिम्मेवार अभिभावकको भूमिका

वि.सं.२०८२ पुस १७ बिहीवार

2.7K 

shares

गणतन्त्र कुनै एक दिनको नारा होइन, न कुनै क्षणिक राजनीतिक उपलब्धि मात्र हो । यो त पुस्तौँको सपना, बलिदान र सङ्घर्षको परिणाम हो । यही गणतन्त्रको यात्रामा जसले इतिहासको सबैभन्दा कठिन मोडमा नेतृत्व ग¥यो, जसले बन्दुकको आवाजबाट संवादको संस्कारसम्म देशलाई ल्यायो—उनी नै हुन्, गणतन्त्रका पिता, कमरेड प्रचण्ड ।

पिताको पहिचान जन्मदाताले मात्र होइन, अभिभावकले बहन गर्ने जिम्मेवारीले पनि निर्धारण गर्छ । साँचो अभिभावक त्यो हो, जसले आफ्ना छोराछोरीको प्रगति देखेर ईष्र्या होइन, गर्व गर्छ; जसले नयाँ सोच, नयाँ पुस्ता र नयाँ प्रयासलाई शत्रु होइन, उत्तराधिकारीको रूपमा हेर्छ । यही गुण कमरेड प्रचण्डमा देखिन्छ—र यो गुण आजको राजनीतिमा दुर्लभ मात्र होइन, लोभलाग्दो पनि छ ।

आज हाम्रो राजनीतिक संस्कार के देखिन्छ भने, नयाँ र राम्रो काम भयो भने पनि त्यसलाई स्वीकार गर्नुको साटो आलोचना गर्ने, शङ्का गर्ने र अस्वीकार गर्ने बानी मौलाउँदै गएको छ । आफूले नगरेको काम राम्रो हुनै सक्दैन भन्ने संकुचित मानसिकताले राजनीतिलाई आत्मकेन्द्रित बनाइरहेको छ । तर कमरेड प्रचण्ड त्यस धारबाट अलग देखिन्छन् । नयाँ पुस्ताले ल्याएका सकारात्मक पहल, नयाँ नेतृत्वको उदय, वा फरक शैलीका राजनीतिक प्रयोगहरू—उनी त्यसलाई स्वाभाविक रूपमा लिन्छन्, सुन्छन्, र आवश्यक परे सहकार्यको हात बढाउँछन् ।

यो कुनै कमजोरी होइन, बरु गहिरो राजनीतिक परिपक्वताको प्रमाण हो । आफ्नै छायाँले अरूलाई ढाक्ने डर नमान्ने नेता नै साँचो अर्थमा ठूलो नेता हुन्छ । गणतन्त्रका पिता भएर पनि गणतन्त्रका असल छोराछोरीलाई प्रेम गर्न सक्नु, उनीहरूलाई मार्गदर्शन दिन सक्नु र आवश्यकता पर्दा आलोचनालाई पनि आत्मसात् गर्न सक्नु—यही गुणले कमरेड प्रचण्डलाई अरूभन्दा अलग बनाउँछ ।

अभिभावकले छोराछोरी प्रतिको जिम्मेवारी बहन गर्नु भनेको उनीहरूलाई नियन्त्रणमा राख्नु होइन, उनीहरूलाई सक्षम बनाउनु हो। आफ्नै अनुभवको भारीले थिच्नु होइन, बाटो देखाइदिनु हो । यही सोचका कारण आज धेरै युवाले, फरक धारका राजनीतिक कर्मीले, र नयाँ सोच बोकेका समूहले पनि कमरेड प्रचण्डलाई सुन्ने नेता मान्छन्—सहमति होस् वा असहमति ।

गणतन्त्रको रक्षा केवल संविधानको किताबमा सीमित हुँदैन । गणतन्त्रको आत्मा भनेको आलोचना सहने क्षमता, फरक विचारलाई सम्मान गर्ने संस्कार र नयाँ प्रयासलाई स्थान दिने साहस हो । कमरेड प्रचण्डले यही आत्मालाई जोगाइराख्ने प्रयास गरेका छन् । सबैले गल्ती गर्छन्, कमजोरी सबैमा हुन्छ—तर नयाँ र राम्रो कामलाई ‘जे भने पनि नराम्रो’ भनेर खारेज नगर्ने बानी आफैँमा ठूलो राजनीतिक सम्पत्ति हो ।

आज देश परिवर्तनको चाहनामा छ । जनता विकल्प खोजिरहेका छन् । यस्तो समयमा पुराना र नयाँबीच पुल बन्न सक्ने, पुस्तान्तरणलाई सहज बनाउन सक्ने र गणतन्त्रलाई निरन्तर गतिमा राख्न सक्ने नेतृत्व आवश्यक छ। गणतन्त्रका पिताले गणतन्त्रका असल छोराछोरीलाई प्रेम गर्नु भनेको यही निरन्तरताको ग्यारेन्टी हो ।

अन्ततः इतिहासले त्यही अभिभावकलाई सम्झिन्छ, जसले आफ्ना उत्तराधिकारीलाई डरले होइन, भरोसाले अघि बढ्न दिएको हुन्छ । यही भरोसा, यही स्वीकार्यता र यही परिपक्वता—कमरेड प्रचण्डको सबैभन्दा लोभलाग्दो बानी हो । प्रचण्डपछि गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी कसले लिन्छ ? आजको राजनीतिक बहस यही प्रश्न वरिपरि घुमिरहेको छ। यही सन्दर्भमा रबी लामिछाने र बालेन शाहको उदय केवल संयोग होइन, समयको माग हो। पुराना नेतृत्वबाट आजित जनताले विकल्प खोजिरहेका बेला, दुई युवा नेताको जन्मलाई स्वयं प्रचण्डले पनि गणतन्त्रको लागि आशाको संकेतका रूपमा हेरेको देखिन्छ ।

प्रचण्ड खुशी देखिनु स्वाभाविक छ—किनकि गणतन्त्र जोगाउने उत्तराधिकारी केवल पार्टीभित्र मात्र होइन, विचार र पुस्तान्तरणमा पनि चाहिन्छ । रबी–बालेनको उदयले यही पुस्तान्तरणको संकेत गरेको छ। फागुन २१ को चुनावपछि राजनीतिक समीकरण फेरिनेछ भन्ने विश्वास धेरैमा छ । त्यसपछि बालेनलाई प्रधानमन्त्री बनाउने विषयमा प्रमुख नेताहरूबीच सहमति बन्ने सम्भावना बलियो देखिन्छ, र त्यो हस्तान्तरणको केन्द्रमा प्रचण्ड स्वयं रहनेछन् भन्ने बुझाइ गलत छैन ।
यो कुनै व्यक्तिपूजा होइन, न त भावनाको अन्धो बहाव। यो गणतन्त्र बचाउने साझा जिम्मेवारीको कुरा हो। प्रचण्डको अनुभव, रबीको जनसम्पर्क, बालेनको साहस—यी तीनै शक्ति एकै दिशामा उभिन सके भने, गणतन्त्र केवल जोगिँदैन, अझ मजबुत बन्छ।
सुझावः

अब आवश्यक छ—अहंकार होइन सहकार्य, प्रतिस्पर्धा होइन उत्तरदायित्व। युवा नेताले पुराना अनुभवलाई अस्वीकार होइन, आत्मसात् गर्नुपर्छ। पुराना नेताले पनि युवालाई डर होइन, भरोसा गर्नुपर्छ। गणतन्त्र कसैको बपौती होइन, यो सम्पूर्ण जनताको साझा सपना हो। यदि यो सपना जोगाउनुछ भने, व्यक्ति होइन—विचार, सत्ता होइन—सेवा, र राजनीति होइन—देश पहिलो हुनुपर्छ । यही बाटोले मात्रै आशा निराशामा बदलिँदैन, र गणतन्त्र इतिहासको पानामा होइन, जनताको जीवनमा ।

 

वि.सं.२०८२ पुस १७ बिहीवार १४:३९ मा प्रकाशित

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

पाटन (ललितपुर) । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा...

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२...