back
CTIZAN AD

आयोग निर्वाचनको तीव्र तयारीमा छः कार्यवाहक आयुक्त भण्डारी

वि.सं.२०८२ पुस २५ शुक्रवार

261 

shares

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य निर्वाचनको तीव्र तयारीमा आयोग जुटिरहेको बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)ले स्वनियमनका क्रममा जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ को प्रति ग्रहण गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने क्रममा राज्यका जिम्मेवार सबै संस्था र निकायबीचको आपसी सहयोग, सहकार्य, समन्वय हुन आवश्यक रहेको बताए ।

निर्वाचनको वातावरण बनाउन आमसञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गर्दै आयोगबाट जारी हुने निर्वाचन आचारसंहिता र आफ्नो निर्वाचन आचारसंहितालाई दृष्टिगत गरी निर्वाचन सफल बनाउने राष्ट्रिय अभियानमा रासस क्रियाशील हुने विश्वास व्यक्त गरे ।

आसन्न निर्वाचनका क्रममा आचारसंहिता जारी गरी कार्यान्वयनमा गएकामा खुसी व्यक्त गर्दै सत्यतत्थ्य, निष्पक्ष, विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषण गर्दै आएको राससबाट अझ बढी भूमिका अपेक्षा गरिएको बताए ।

निर्वाचन आयुक्त सगुनशमशेर जबराले मुलुकका आमसञ्चारमाध्यमलाई सहयोग पुग्नेगरी निर्वाचन लक्षित समाचार सामग्री सङ्कलन तथा सम्प्रेषणमा रासस केन्द्रित हुने विश्वास व्यक्त गर्दै आसन्न निर्वाचनलाई राष्ट्रिय उत्सवका रुपमा मनाउन सम्बद्ध सबैसँग अनुरोध गरे । उनले आचारसंहिता उल्लङ्घन हुन नदिन, मतदातासँग सम्बन्धित शिक्षा र सूचना सम्प्रेषण गर्न तथा सही समाचार सही समयमा दिन आमसञ्चारमाध्यको ध्यानाकर्षण गरे ।

आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन आचारसंहिता सबै सञ्चारमाध्यमले आफ्ना लागि आफैँले जारी गरेर लागू गर्ने अवस्था आएमा सहयोग पुग्ने बताए । उनले अनुभवी जनशक्तिसहित राष्ट्रव्यापी रुपमा कार्यसञ्जाल रहेको राससको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यसअघिजस्तै सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न सहयोग पुग्ने समाचार सामग्री सम्प्रेषणका पक्षमा रासस केन्द्रित हुने विश्वास व्यक्त गरे ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले स्वनियमनका लागि जारी गरेको २३ बुँदे निर्वाचन आचारसंहिता आजैदेखि लागू भएको जानकारी दिए । उनले यसअघि सम्पन्न निर्वाचनमा जारी गरिएको आचारसंहितालाई परिमार्जन गरी ‘एआई’ र ‘सामाजिक सञ्जाल’जस्ता नयाँ विषयवस्तुलाई समेटेर आचारसंहिता जारी गरिएको स्पष्ट गरे ।

कार्यकारी अध्यक्ष झाले सूचना र समाचार सम्प्रेषणमा नेतृत्वदायी भूमिका रहेको राससमा कार्यरत जनशक्तिलाई अनुशासनमा राख्ने उद्देश्यले यो ल्याइएको बताउँदै आयोगबाट जारी हुने आचारसंहिता पालना गर्नु राससको कर्तव्य भएको स्पष्ट गरे ।

राससका समाचार महाशाखा उपप्रमुख एकराज पाठकले यसअघिको निर्वाचनमा जारी गरेको आचारसंहिताको सकारात्मक प्रभाव परेको जानकारी दिँदै निर्वाचन लक्षित समाचार सामग्री सम्प्रेषणका क्रममा आवश्यक व्यवस्था गरिएको बताए ।

सो अवसरमा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधर, राससका महाप्रबन्धक सन्दीप राई, समाचार महाशाखा प्रमुख सोमनाथ लामिछाने, प्रधानसम्पादक उत्तम सिल्वाल, आलेख प्रमुख कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतलप्रसाद महतो र प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने उपस्थित थिए ।

वि.सं.२०८२ पुस २५ शुक्रवार १७:१८ मा प्रकाशित

ललितपुरमा दुई स्थानमा अस्थायी मतदान केन्द्र

ललितपुरमा दुई स्थानमा अस्थायी मतदान केन्द्र

ललितपुर । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य...

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

भैरहवा (रुपन्देह) । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित...

सत्कारले लोभिन्छन् घरबासका पाहुना

सत्कारले लोभिन्छन् घरबासका पाहुना

गलकोट ९बागलुङ० ।सत्कारले लोभिन्छन् घरबासका पाहुना। साँझमा घरधन्दा सकेका घरबास...

सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

गोलबजार (सिरहा)। गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी ९जसपा०...

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

पाटन (ललितपुर) । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा...